गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभएको हो ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
घटस्थापनाको दिनमा यस अघि नेपाल सरकारले सार्वजनिक विदा दिदै आएको थियो । नेपालीहरुको महान पर्वको अवसरमा केही संघ संस्थाहरुले घटस्थापनाको दिनमा सार्वजनिक बिदा दिन माग गरे अनुसार प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदा दिएको हो ।
केन्द्र सरकारको निर्णयबाहेक प्रदेश सरकारलाई थप ६ दिन बिदा गराउन पाउने सुविधा छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment