खगेन्द्र पराजुली
१० अशोज, नवलपुर ।
नवलपुरका संस्थागत एवं सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा परीक्षा संयोजकलाई लक्षित अभिमुखीकरण कावासोतीमा सम्पन्न भएको छ । आज कावासोतीको मध्यबिन्दु बहुमुखी क्याम्पसमा कक्षा ११ सञ्चालन गरेका बिद्यालयका प्रधानाध्यापक तथा परीक्षा संयोजक वा प्रतिनिधिलाई परीक्षा ब्यवस्थापन र अनलाईन दर्ता अभिमुखीकरण कार्यक्रम आयोजना भएको हो ।
अभिमुखीकरणमा अनलाईन मार्फत् बिद्यार्थीको रजिष्ट्रेशन फर्म अनलाईनले मागेका सबै बिवरणहरु पूर्ण रुपमा नभरिँदा आएका समस्यालाई न्यूनीकरण गर्न कार्यक्रम फलदायी रहेको रहेको सहभागीको प्रतिक्रिया थियो ।
जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बिगतको फर्म भर्ने पद्धति र अहिलेको आईटीको युगमा धेरै परिबर्तन आएकोले बिशेषतः अनलाईनमा कसरी तथ्याङ्कलाई अपडेट गर्ने र गरिएको कामलाई पूर्णतः अपडेट गर्ने भन्ने सम्वन्धमा प्रशिक्षणका माध्यमबाट प्रशिक्षित गराईएको बतानुभयो ।
वहाँले अहिलेका बिद्यार्थी ईन्टरनेट लगायत सुचना र प्रबिधीमा धेरै अगाडी रहेकाले बिद्यालयमा अध्यापन गर्नुहुने सबैले प्रबिधीमा दख्खल हासिल गर्नु आजको आवश्यकता नै भैसकेको भन्दै लामो शिक्षण पेशाको अनुभव संगाल्नुभएका शिक्षकलाई कम्प्युटरको ज्ञान लिन समेत आग्रह गर्नुभयो ।
जिल्लाभरका करीव ८० जनाको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता राष्ट्रिय परीक्षा बोर्ड प्रदेश ५ का परीक्षा व्यवस्थापन कार्यालय प्रमुख रमकान्त तिवारीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलको रहेको थियो ।
कार्यक्रम राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रदेश नं ५ बुटवलले आयोजना गरेको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment