Tuesday, May 19, 2020



खगेन्द्र पराजुली, 
६ जेठ, नवलपुर । 

नवलपुर माईती भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलवार २७ जना नयाँ संक्रमित भेटिएसँगै नवलपरासीका थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो  । 

नवलपरासी २ जिल्लामा बिभाजन भएपछि बनेका पुर्बी र पश्चिमी जिल्ला मध्ये संक्रमित कुन जिल्लाको हो भनेर नखुल्दा यहाँ त्रास फैलिएको थियो । 

संक्रमित महिलाको स्थायी घर बुटवल भए पनि उनले आफ्नो माईती घर रहेको जिल्ला ठेगानामा उल्लेख गरेको बुझिएको छ । यदपि, उनको माईती नवलपुरको कुन पालिका हो भनेर अझै स्पष्ट नभएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 

ती संक्रमितको नमुना काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको हो । 

अहिले उनलाई काठमाण्डौमै रहेकाले त्यहीवाट सम्पर्कमा लिएर अस्पताल लैजाने तयारी भैरहेको बुझिएको छ । 

यसअघि नवलपुरका एक जनामा जेठ १ गते कोरोना पुष्टि भएको थियो । देबचुली १२ का नवलपुरका पहिलो संक्रमितको भरतपुरस्थित कोरोना अस्थायी अस्पतालको आईशोलेशनमा छन् । 

योसँगै नवलपुरका २ जनामा कोभिड १९ भाईरस संक्रमण फेला परेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *