Tuesday, September 1, 2020


खगेन्द्र पराजुली, 
१६ भदौ, नवलपुर । 



आज मंगलबार देबचुलीका ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आईतवार देबचुलीबाट संकलित स्वावमध्येका ३ जनाको स्वाव परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । सबै स्वावको रिपोर्ट भने आईसकेको छैन । 
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार देबचुली १३ की एक महिला र देबचुली १ का एक पुरुष तथा एक महिलामा संक्रमण पुष्टि भएको छ । 
देबचुली १३ दलदलेकी ५० बर्षकी महिला र देबचुली १ का ५३ बर्षका पुरुष तथा २४ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । 
दलदलेकी संक्रमण पुष्टि भएकी महिला यसअघि संक्रमण पुष्टि भएकी देबचुली १५ प्रगतिनगरकी महिलाको कन्ट्याक ट्रेसिङबाट र देबचुली १ का दुबै जना देबचुली १ कै यसअघि संक्रमण पुष्टि भएकी महिलाको कन्ट्याक ट्रेसिङबाट स्वाव संकलन गरिएकामा पोजेटिभ पुष्टि भएको हो । 

यस्तै, रजहरको आईशोलेशनमा बसेका बिनयी त्रिबेणीका एक जना पुरुषको पुनः परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । नवलपुरमा कोभिडका कारण मृत्यु भएका बिनयी त्रिबेणीका ६२ बर्षीय बृद्धका आफन्तको रिपोर्ट नेगेटिभ आएसँगै ती ब्यक्ति संक्रमणमुक्त भएका छन् । योसँगै नवलपुरमा संक्रमणमुक्त हुनेको संख्या ३ सय ४१ पुगेको छ । थप ३ जना नयाँ संक्रमित थपिएसँगै नवलपुरमा कुल संक्रमितको संख्या ४ सय ७० पुगेको छ । अव नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय २८ पुगेको छ । 
यसअघिको नवलपुर अपडेट समाचार

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *