Saturday, September 12, 2020


खगेन्द्र पराजुली, 
२७ भदौ, नवलपुर । 

देबचुलीका ३४ जनामा संक्रमण  पुष्टि भएको छ । प्राप्त बिवरण अनुसार

 ३ जना क्वारेन्टिनमा बसेका, ६ जना नगरपालिकाका कर्मचारी सहित २५

 जना समुदायस्तरमै रहेका ब्यक्तिहरुमा संक्रमण पुष्टि भएको छ । २ 

जना बालबालिका उमेरसमुहका बालिकामा संक्रमण पुष्टि भएको छ । 

ट्राभल हिस्ट्री भएका देबचुली १० की ३० बर्षकी महिला, देबचुली ७ का ४६ बर्षका र देबचुली ४ का ४० बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । 
यस्तै, नगरपालिकामा कार्यरत ५५, ४८, ४१ बर्षका ३ जना पुरुष र ३६, ३५, ३६ बर्षका ३ महिलामा कारोना पोजेटिभ देखिएको छ । 
देबचुली १४ का ३४, ३७, ५२, ४४ बर्षका ४ जना पुरुष, १५ र ६ बर्षका २ बालिका  तथा ४० बर्षकी महिला सहित ७ जनामा संक्रमण पुष्टि भएको छ । 
वडा नं. ११ का ३७ बर्षका, वडा नं. ७ का ३८, २६, ४० बर्षका ३ जना, वडा नं. ९ का ३६, ६५, ४९, २६, ३० बर्षका ५ जना र वडा नं. ८ का ४८, ३२, ४७, ४३, ४५, ४७, ३८, ३०, ३८ बर्षका ९ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 
आज संक्रमण पुष्टि हुनेमा ७ जना महिला र २७ जना पुरुष छन् । 
आज थपिएका ३४ जना संक्रमितसँगै नवलपुरमा संक्रमित हुनेको कुल संख्या ६ सय ५२ पुगेको छ । तीमध्ये ४ सय जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । 

पछिल्लो बिवरणमा नवलपुरमा सक्रिय संक्रमितको संख्या २ सय ४९ पुगेको छ । 

देबचुलीका ३४ जनामा संक्रमण, एकै स्थानको स्वाव संकलनमा 

नवलपुरमै संक्रमण पुष्टि अहिलेसम्मकै उच्च


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *