Sunday, July 7, 2019

खगेन्द्र पराजुली
२२ असार, कावासोती
हालै सार्बजनिक भएको एस्ईई परीक्षाको नतिजामा ४ मा ४ जिपीए ल्याएर नवलपुर जिल्ला प्रथममा अभिलेख राख्न सफल कावासोतीको समता शिक्षा निकेतनले नवलपुरका केही शैक्षिक संस्थाहरुले भ्रामक सन्देश फैलाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

आज आईतवार एक प्रेस बिज्ञप्ति जारी गर्दै समता शिक्षा निकेतनका प्रधानाध्यापक महेश कुमार भुर्तेलले एस्ईई २०७५ को नतिजा सार्बजनिक हुदैगर्दा र जिल्ला शिक्षा समन्वय ईकाईले जिल्लाको उत्कृष्ट बिद्यार्थी एवं बिद्यालय समता स्कुल भनेर सार्बजनिक गरिसकेको अवस्थामा जिल्लाको जिम्मेवार शैक्षिक संगठन प्याब्सन अन्तर्गतका केही बिद्यालयले आम बिद्यार्थी, अभिभावक र समुदायलाई झुक्याउने गरी औपचारीक कार्यक्रम नै गरेर आफ्नो बिद्यार्थी र बिद्यालय जिल्ला प्रथम भएको भन्ने गैर जिम्मेवारपूर्ण षड्यन्त्रमूलक, आचारसंहिता बिपरीत भ्रामक सन्देश प्रवाह गरेकोप्रति समता स्कुल नवलपरासी एवं समता स्कुल केन्द्रिय ब्यवस्थापनको गहिरो ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 
बिज्ञप्तिमा भनिएको छ –यस्ता चरम लापरबाही र शिक्षालाई प्रचारात्मक राजनीतिको रुपमा सञ्चालन गर्ने संगठन र सम्वन्धित संगठनको मातहतमा रहेको बिद्यालयलाई आवश्यक स्पष्टिकरण तथा कारबाहीका लागी शिक्षासँग सरोकार राख्ने सम्पूर्ण संगठनहरु एवं आम नागरीक समाजमा अपिल गर्दछौं  । 

उता गत बिहीवार देबचुली १३ दलदले स्थित मुनलाईट पब्लिक एकेडेमीले औपचारीक कार्यक्रम नै गरेर निजी एवं संस्थागत बिद्यालयतर्फ ३.९५ जिपीए ल्याएकी स्कूलकी एक छात्रालाई सम्मान गरेको थियो । बिद्यालयका प्रिन्सिपल चन्द्रकान्त बसेलले आफूहरुले समताको गरिमालाई चोट पुर्याउने उदेश्यले यस्तो नगरिएको बताउँदै समता स्कुल निजी वा संस्थागततर्फका संघ संगठनमा नभएकाले गुठीका रुपमा सञ्चालन भएको बुझाईले गर्दा त्रुटी हुन पुगेको बताउनुभयो । वहाँले अझ समता स्कुल काठमाण्डौकै समताको ब्रान्चको रुपमा चलेको भन्ने आफ्नो बुझाईले यस्तो भएको बताउनुभएको छ । 

त्यस्तै, जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले नेपालको प्रचलित कानूनमा शिक्षा प्रदायक बिद्यालयलाई ३ तहमा बिभाजन गरिएको बताउँदै एउटा सरकारी अनुदानमा आधारित रहेर चलेका सामुदायिक बिद्यालय, दोस्रो कम्पनी ऐन अन्तर्गत रहेर चलेका नाफामूलक संस्थागत वा निजी बिद्यालय र तेस्रो गुठी अन्तर्गत सञ्चालित बिद्यालय अन्तर्गत बर्गीकरण गरिएको बताउदै यहाँ गुठी अन्तर्गत एकमात्र कुमारी शैक्षिक गुठी रहेको बताउनुभयो । 

वहाँले उत्कृष्टताको बारेमा प्रष्ट्याउँदै समता शिक्षा निकेतनबाट ४ मा ४ जिपीए ल्याउन सफल प्रतिभा भुर्तेल नै जिल्ला प्रथम भएको वताउनुभयो । वहाँले समता शिक्षा निकेतन नवलपरासीमै दर्ता भै सञ्चालनमा आएको संस्थागत बिद्यालय भएको बताउनुभयो । ईकाई प्रमुख पोख्रेलले समता नवलपुरको हकमा समग्र बिद्यालयको र संस्थागत बिद्यालय तर्फकै प्रथम भएको बताउनुभयो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *