Sunday, July 7, 2019


 खगेन्द्र पराजुली
२२ असार, कावासोती

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्बाचित कार्य समिति तथा लेखा समितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराईएको छ । संस्थाकै सभाहलमा आज आयोजित कार्यक्रममा नवनिर्बाचित कार्य समितिका अध्यक्ष भीमलाल कंडेल लगायत सबै पदाधिकारी, सदस्य, एवं लेखा संयोजक र सदस्यलाई सपथ ग्रहण र पद हस्तान्तरण गरिएको हो । 


कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका संघीय साँसद तिलक महतले नवनिर्बाचित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै सदरमुकाममा रहेको खानेपानी संस्थाका थुप्रै सम्भावना र चुनौती रहेकाले कावासोती नगरबासीलाई शुद्ध पानी उपलब्ध गराउन समिति निरन्तर लाग्नुपर्ने बताउनुभयो । साँसद महतले यहाँ बृद्धि हुँदै गएको जनघनत्वलाई मध्यनजर गर्दै खानेपानीलाई थप ब्यवस्थित र प्रभावकारी बनाउन आफूले समेत केन्द्रबाट सघाउने र बिशेष गरेर यस्ता योजनामा अव प्रदेशले हेर्नुपर्ने भएकाले कार्यक्रममा उपस्थित प्रदेश साँसदद्धय रोशन गाहा र बिष्णु लामिछानेलाई सहयोगका लागी आग्रह गर्नुभयो । 


निर्बाचन समितिका संयोजक एवं जिल्ला बार नवलुरका अध्यक्ष गणेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा साँसदद्धय गाहा र लामिछाने लगायत कावासोती नगर प्रमुख चन्द्रा पुन,  खानेपानी संस्थाका निबर्तमान अध्यक्ष बिष्णु भुसाल, समेतको उपस्थिति रहेको थियो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *