Monday, July 8, 2019



खगेन्द्र पराजुली
२३ असार, कावासोती
११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नवलपुरको जिल्लास्तरीय  फाइनल खेलको उद्घाटन सत्र गैंडाकोटमा सम्पन्न भई प्रतियोगितात्मक खेल शुरु भएको छ । 
प्रतियोगिताको उद्घाटनको क्रममा बोल्दै गण्डकी प्रदेश साँसद कृष्णचन्द्र नेपालीले खेलकुदको बिकासबाटै राष्ट्रको बिकास सम्भव हुने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला युवा तथा खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष बिकास केसीले बिबिध प्राबिधिक कारणले यसपालीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता देशैभरी ढिलो गरी शुरु भएको भन्दै आज र भोली खेलाडीबीच हुने प्रतिस्पर्धावाट फरक फरक खेलका बिधामा उत्कृष्ट हुने खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने बताउनुभयो । 
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले, गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, पूर्व संबिधान सभा सदस्य कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो । 
गैंडाकोटको जनक माबिमा आज र भोली दुईदिनसम्म चल्ने प्रतियोगितामा जेठमा छनोट भएका  जिल्लाका आठै स्थानीय तहका बिद्यालयका कक्षा ८ देखि १२ सम्मका १ हजार ६९ बिद्यार्थी खेलाडीले भाग लिएका छन् जसमध्ये ९० जना खेलाडी प्रदेश स्तरीय प्रतिस्पर्धाका लागी छनोट हुने जिल्ला खेलकुद बिकास समिति नवलपुरले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *