Monday, July 8, 2019

  • 7/08/2019 04:13:00 PM
  • admin

खगेन्द्र पराजुली
२३ असार, कावासोती

साझा बिबेकशील पार्टी नवलपुरले जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत्  नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आज पार्टीका जिल्ला संयोजक हरिप्रसाद गौतमको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमसमक्ष जनस्वास्थ्यमा जोखिम हुने तरकारी, फलफूल लगायतका खाद्यजन्य बस्तुको बिना चेकजाँचको आयातमा तुरुन्त प्रतिवन्ध लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । 
पार्टीले पेस गरेको ज्ञापन पत्रमा बिदेशवाट आयात गरिने तरकारी र फलफूल लगायतका खाद्यजन्य बस्तुको बिषादी जाँच बिना आयात गर्न दिने सरकारको निर्णयप्रति साझा पार्टी नवलपुरको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली बजारका तरकारी, फलफूल लगायत खाद्यजन्य बस्तुले जनस्वास्थ्यमा गम्भीर असर पार्ने बिषादी र रसायन रहेको भन्ने बारेमा आम जनताको सरोकार रहदै आएको सन्दर्भमा भारतबाट आयात हुने तरकारी र फलफूलको बिषादी परीक्षण गरी आयात गर्ने निर्णय गरेको सरकार केही दिनमै निर्णयबाट पछि हटेको खबर दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ । 

ज्ञापन पत्रमा खाद्यजन्य बस्तुहरुको बिषादी जाँच लगायत क्वारेन्टाईन परीक्षण अन्तराष्ट्रिय ब्यापारको आधारभूत शर्त भएकोले अझ बिषादी परीक्षणमा सरकार गम्भीर र संबेदनशील हुनु अनिवार्य रहेको भन्दै कसैको दवाव र कुनै बहानामा यस्ता खाद्यवस्तु बिना चेकजाँच आयात गर्नु अन्तराष्ट्रिय ब्यापारको आधारभूत मान्यताको बर्खिलाप र नागरीकको स्वास्थ्यप्रति गरिएको गम्भीर खेलवाड भएको जनाएको छ । 

साझा बिबेकशील पार्टी नवलपुरले परीक्षण सुबिधा नभएको बहानामा जनस्वास्थ्यमा असर पार्ने खाद्यजन्य बस्तु बिना चेकजाँच आयात गर्न दिनु पूर्णत गैरजिम्मेवारी कार्य भएको भन्दै सरकारलाई परीक्षणका लागी आवश्यक पर्ने पुर्वाधार प्राथमिकतामा  राखेर यथासिघ्र तयार गर्न आग्रह गरेको छ । 
साझा पार्टीका जिल्ला संयोजक हरिप्रसाद गौतमद्धारा हस्ताक्षर गरी बुझाईएको ज्ञापन पत्रमा बिषादीयुक्त तरकारी, फलफूल र खाद्यजन्य बस्तु पूर्ण रुपमा बहिष्कार गर्न आम नागरीकलाई आग्रह गर्दै यो संबेदनशील बिषयमा सरकारलाई दबाव दिन समेत आग्रह गरिएको छ । 

ज्ञापन पत्र बुझाउन जिल्ला संयोजक हरिप्रसाद गौतम, सचिव बिक्रम कार्की, प्रदेश समिति सदस्य राम चापागाई, नवलपुर महिला संगठन प्रमुख फेन्सीमाया महतो, सदस्य सुन्दर पाण्डे, देबचुली नगर संयोजक प्रेम भटराई लगायतको सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमले प्रशासन मार्फत् नेपाल सरकारमा ज्ञापन पत्र पठाइदिने बचन दिनुभयो । 






Contact Form

Name

Email *

Message *