Wednesday, July 10, 2019

संकेतात्मक तस्बीर (गुगलबाट)
२५ असार, भोजपुर

भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । बिहान साढे आठ बजे गोली हानाहान हुँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको छ भने विप्लव समूहका कार्यकर्ताको गोली लागेर एकजना प्रहरी जवानको पनि मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार विप्लव समूहको आक्रमणमा प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको छ । अर्का एकजना प्रहरीको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरी जवान सोमनाथ भट्टराईको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षकको कार्यालयका एसपी रमेश थापाले दिएको जानकारी अनुसार हतियारसहित बसेको सूचना प्राप्त गरेपछि प्रहरी खटिएको थियो । घटनास्थलबाट पेस्तोल र केही गोली बरामद भएको उनले जानकारी दिए । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *