Thursday, June 18, 2020


खगेन्द्र पराजुली, 
४ असार, नवलपुर । 

कोरोनाको कहरमा भाडामा ब्यवसाय गरेर बसेकालाई अप्ठ्यारोमा राहत होस् भन्ने उदेश्यले कावासोतीका एक घर धनीले भाडा मिनाहा गरेका छन् । 

कावासोती ३ का दिलुकान्त चापागाई र सीता चापागाईले आफ्नो घरको २ वटा सटर कोठामा भाडामा ब्यवसाय सञ्चालन गर्दै आएका २ जना ब्यवसायीलाई भाडा मिनाहा गरेका हुन् । 

सरकारले घर भाडामा लगाउने घरधनीलाई चैत्र महिनाको भाडा नलिन निर्देशन गरे पनि चापागाईले भने चैत्र, बैशाख र जेठ ३ महिनाको भाडा मिनाहा गरेको सोही घरमा ब्यवसाय गर्दै आएका रजहरका बसन्त भुजेलले जानकारी दिनुभयो । 

तीनै तहका सरकारको निर्देशनात्मक आग्रह, बिभिन्न ब्यवसायिक संघसंस्थाले समेत भाडाछुटका लागी गरेको आग्रहलाई कतिपय घरधनीले आनाकानी गरिरहेको र स्वीकार्न नसकेका बेला ३ महिनामा २ जनाले बुझाउनुपर्ने २ वटा सटरको भाडा ३६ हजार बरावरको नगद मिनाहा गरिदिदा आफुहरुलाई धेरै राहत महशुस भएको भुजेलले बताए । 

लकडाउनमा सटर नै बन्द गरेर बस्नुपर्दा लगानीको सावाँ–ब्याजले पिरोलेको अवस्थामा भाडा बुझाउन जाँदा घरधनीले स्वतस्फुर्त भाडा नलिने भन्दा खुशी लागेको अभिब्यक्ति भुजेलले दिएका हुन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *