Saturday, September 12, 2020


खगेन्द्र पराजुली, 
२७ भदौ, नवलपुर । 

देबचुली नगरपालिकामा  मात्रै एकैदिन धेरै संख्यामा संक्रमित पुष्टि भएका छन् । देबचुलीका ३४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । नवलपुरमै अहिलेसम्म एउटै पालिकामा संकलित स्वाव नमूना परिक्षण हुँदा कोरोना पोजेटिभ देखिएको यो अहिलेसम्मकै उच्च संख्या पनि हो । 
बुधबार देबचुलीबाट संकलन गरी परीक्षणका लागी पोखरा पठाईएका १ सय १९ स्वाव नमूनामध्ये ३४ जनामा संक्रमण पुष्टि भएको हो । 
स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार नगपालिकाका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार यसअघि स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आफु सहित ५ जना स्वास्थ्यका कर्मचारीको स्वाव रिपोर्ट भने नेगेटिभ रहेको छ । 
देबचुलीबाट पठाईएको १ सय १९ स्वावकै रिपोर्ट प्राप्त भएको जनाईएको छ । 
थप वडागत बिवरण प्रेस बिज्ञप्तिमार्फत सार्वजनिक हुने जनाईएको छ । 

1 comment:




Contact Form

Name

Email *

Message *