Wednesday, September 9, 2020


खगेन्द्र पराजुली, 
२४ भदौ नवलपुर । 

देबचुली नगरपालिकाले आपतकालिन बैठक बसी स्वास्थ्यकर्मीका लागी गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । 
भदौ १९ गते नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएपछि नगरप्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा २० गते बसेको आपतकालीन बैठकले देबचुली नगरपालिकामा कार्यक्षेत्र भएका सरकारी स्वास्थ्य संस्थाका कर्मचारीलाई आवासीय सुबिधा सहित भीमसेन माबिको प्राईमरी ब्लकको भवनमा प्रबन्ध गरी राख्ने निर्णय भएको थियो । 
समुदायमा संक्रमण फैलावटको स्थिति बढ्दै गरेको मुल्यांकन गरी बिभिन्न खाले बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने स्वास्थ्यकर्मीहरु काम सकेपछि घरमा जाँदा उनीहरुका परिवारमा समेत संक्रमणको जोखिम हुनेहुँदा उक्त परिस्थित आउन नदिनका लागी भन्दै नगरपालिकाले आवासीय ब्यवस्थापन सहितको उक्त निर्णय गरेको थियो । 
स्वास्थ्य शाखासँग समन्वय नै नगरी गरिएको निर्णय अहिलेसम्म लागु हुन नसकेको शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभएको छ । 
रातदिन नभनी महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा लगायत कोभिडकै सन्दर्भम समेत गर्नुपर्ने थुप्रै स्वास्थ्यका गतिबिधिमा खटिएका स्वास्थ्यकर्मीलाई आवासीय ब्यवस्थापनमा आवश्यक पर्ने पुर्बाधारहरु खाट, बेड–बिस्तारा, भान्साका लागी भाडा बर्तनदेखी खानपानको प्रबन्ध समेत आ–आफै मिलाएर बस्न भन्दै रित्तो भवन दिदा स्वास्थ्यकर्मीहरुको चित्त दुखेको छ । 
शाखा प्रमुख श्रेष्ठले बास्तबमै समुदायमा देखिएको संक्रमणपछि आफुहरु कार्यक्षेत्रबाट घर फर्किर जाँदा कतै मैले संक्रमण बोकेर फर्केको त छैन भन्ने बिषयले झस्काईरहने र परिवार पनि डराउने बातावरण सृजना भएको बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *