Thursday, May 14, 2020


खगेन्द्र पराजुली
१ जेठ, नवलपुर । 

नवलपुरका एक जनामा कोरोना भाईरस संक्रमण कोभिड १९ पाजेटिभ देखिएकोे छ । भरतपुरमा भएको परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएपनि मन्त्रालयले आधिकारीक पुष्टि गरिसकेको छैन । 

नवलपुर ठेगाना रहेका ती पुरुषमा संक्रमण देखिएसँगै नवलपुरमा पहिलो संक्रमित फेला परेका हुन् । 

देबचुली नगरपालिका वडा नम्वर १२ स्थित लक्ष्मीपुरका अन्दाजी ५० बर्षका पुरुषमा संक्रमण देखिएको हो । 
भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा भाईरस संक्रमण भेटिएको अस्पताल स्रोतले जनाएको छ । 

देबचुली १२ का ती पुरुष लकडाउन शुरु हुनुभन्दा १ साता पहिले भारत गएको खुलेको छ । ती ब्यक्ति कलकत्ताबाट भारतको बाटो हुदै बिरगञ्ज नाकावाट नेपाल छिरेको समेत खुलेको छ । 

उनी बिरगञ्जबाट आउँदै गरेको थाहा पाएपछि हेटौडाबाट देबचुली १२ का वडाअध्यक्ष दिनानाथ भुसाल दिनेशले फोनवाटै सम्पर्कमा लिएर सिधै भरतपुरस्थित कोरोना अस्थायी अस्पतालमा जान आग्रह गरेपश्चात् ३० गते राती नै अस्पतालमा राखिएको वडाअध्यक्ष भुसालले जानकारी दिनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *