खगेन्द्र पराजुली,
३१ बैशाख, नवलपुर ।
नवलपरासीमा आज बुधबार एक जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्वर ५ का ३६ बर्षका युवामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ती युवा बैशाख २८ गते आईतवार भारतको दिल्ली गाजियावादबाट नेपाल छिरेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले बताउनुभयो ।
अध्यक्ष शर्माका अनुसार ती युवा २८ गते दशगजा क्षेत्रबाट आएपछि परिवारर र समाजमा नलगी सिधै त्रिभुवन क्याम्पस बेलाटारीको क्वारेन्टाईनमा राखिएको थियो । त्यहाँ उनीसहित ३७ जना थिए ।
पालिकाका अध्यक्षले बताए अनुसार बेलाटारीको क्वारेन्टाईनमा रहेका ३० जनाको स्वाव परीक्षण भएमध्ये २९ जनाको नेगेटिभ रिपोर्ट आएको छ तर एक जनामा कोरोना संक्रमण देखियो ।
संक्रमण पुष्टि भएका ती ब्यक्तिलाई अहिले एम्बुलेन्सको ब्यवस्था गरेर परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पताल लैजाने तयारी भएको छ ।
वहाँले प्रतापपुरमा रहेका २ वटा क्वारेनटाईनमध्ये अर्को जनजागृति माबि गुठीप्रसौनीको क्वारेन्टाईनमा २८ जना र त्रिभुवन माबिको क्वारेन्टाईनमा बसेका बाँकी ७ जनाको गरी ३५ जनाको प्राथमिकतामा स्वाव टेष्ट गरिहाल्नुपर्ने भएको बताउनुभयो ।
कोरोना नेगेटिभ देखिएका २९ जनालाई घर पठाईने जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment