Wednesday, May 13, 2020


खगेन्द्र पराजुली, 
३१ बैशख, नवलपुर । 

नवलपुरका १ हजार १ सय ७१ नमूनामा कोरोना भाईरस संक्रमण भए नभएको परीक्षण भएको छ । आज बुधबार बैशाख महिनाको अन्त्यसम्म आईपुग्दा आरडीटी र पिसीआर गरी १ हजार १ सय ७१ नमूना परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

हालसम्म पिसीआरका लागी जिल्लाको गैडाकोटबाट ३३, देबचुलीबाट १५, कावासोतीबाट १७, मध्यबिन्दुबाट १९, बिनयी–त्रिबेणीबाट ३, हुप्सेकोटबाट ७, बौदीकालीबाट ३ जनाको गरी ९७ जनाको स्वाव परीक्षण भएकोमा यी सबैको रिपोर्ट नेगेटिभ रहेको जनाईएको छ । 

यस्तै, द्रुत परीक्षण बिधि अन्तर्गतको आरडीटीबाट १ हजार ७४ जनाको परीक्षण भएको छ । जसअन्तर्गत गैंडाकोटका १ सय ३०, देबचुलीका १ सय ३८, कावासोतीका ८७, मध्यबिन्दुका १ सय ५, बिनयी–त्रिबेणीका ९८, हुप्सेकोटका ९२,  बौदीकालीका ५०, बुलिङटारका २ सय ८७, जिल्ला अस्पतालमार्फत् ६८ र जिल्ला स्वास्थ्य कार्यालय मार्फत् अन्य शिर्षकमा १९ जनाको परीक्षण भएको हो । 

आज बुधबार गैंडाकोटका ३ जना, हुप्सेकोटका २जना र मध्यबिन्दु जिल्ला अस्पतालमा ४ जना गरी ९ जनाको आरडीटी परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अद्यावधिक गरिरहनुभएका रामसिं कुशवाहले जानकारी दिनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *