Tuesday, May 12, 2020


देबभुमी खवर—
३० बैशाख, नवलपुर । 

आज मंगलवार एकदिनमा ८३ जनामा कोरोना संक्रमण फेला परेको पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा राती सवा १० बजे जारी प्रेस बिज्ञप्तिमा थप २६ जना कोभिड १९ का संक्रमित थपिएको उल्लेख छ । 

संक्रमण देखिनेमा पर्सा जिल्लाका ६ जना महिला र १२ जना पुरुष गरी १८ जना,  महोत्तरीका २ जना पुरुष, धनुषाका एक महिला र १ पुरुष गरी २ जना, भक्तपुरका १ महिला र १ पुरुष गरी २ जना, काठमाण्डौंका १ महिला र सर्लाहीका १ पुरुष गरी थप २६ जना रहेका छन् । 

यो सँगै नेपालमा संक्रमितको संख्या २ सय १७ पुगेको छ । 

यसअघि आजै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

यी सक्रमितको परीक्षण काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *