खगेन्द्र पराजुली,
३० बैशाख, नवलपुर ।
नवलपुरबाट आज मंगलवार संकलन गरी परीक्षणका लागी पठाईएका २० जनाको स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।
आज नवलपुरको देबचुलीका ७ जना, गैंडाकोटका ४ जना, मध्यबिन्दुका ४ जना, हुप्सेकोटका १ जना, बिनयी त्रिबेणीका १ जना, बौदीकालीका १ जना र कावासोतीका २ जनाको स्वाव मध्यबिन्दु जिल्ला अस्पतालमा संकलन गरी भरतपुर स्थित कोरोना परीक्षण प्रयोगशाला पठाईएको थियो ।
अहिलेसम्म नवलपुरमै स्वाव संकलन गरी परीक्षणका लागी पठाईएका र उपचारका लागी चितवनका बिभिन्न अस्पतालमा पुगेका नवलपुरका विरामी तथा नवलपुरका बिभिन्न हिरासतमा रहेका तथा अदालत लानुपर्दा र जेल चलान गर्दा कैदी–बन्दीमा गर्नुपर्ने परीक्षण समेत गरी भएका सबै ९७ स्वाव नमूना परीक्षणमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख चापागाईले कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा संक्रमण फैलिएका जिल्लाहरुबाट नवलपुर आएका ब्यक्तिहरुले अनिवार्य क्वारेन्टाईनमा बस्न र ढिला नगरी स्वास्थ्य संस्थामा जानकारी गराई कोरोना परीक्षण गरी आफ्नो, परिवारको र समाजकै नागरीकको स्वास्थ्यमा सहयोग पुर्याउन आग्रह गर्नुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment