Tuesday, May 12, 2020


बैशाख ३०, परासी । 

नेपाल विद्यार्थी संघको केन्द्रीय निर्देशन अनुसार आज मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासीमा ज्ञापन पत्र बुझाएके छ ।  

लिपुलेकमा भारतद्वारा सडक निर्माण, प्रदर्शनका क्रममा भएको नेता कार्यकर्ता धरपकड र गिरफ्तारी , सन् २०१५ मा भारत–चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै नेपाल विद्यार्थी सघं पश्चिम नवलपरासीका निवर्तमान सभापति दधिराम पौडेलको नेतृत्वमा गएको विद्यार्थी नेताहरुको टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा ज्ञापनपत्र बुझाएको हो । 

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विविध विषयहरु समेटी ज्ञापन पत्र बुझाएको नेविसंघ नेता किशोर गैरेले जानकारी दिनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *