Tuesday, May 12, 2020


खगेन्द्र पराजुली, 
बैशाख ३०, नवलपुर । 

नवलपुरमा आज मंगलवार १४ जनाको र्यापिड  टेष्ट भएको छ । योसँगै नवलपुरमा र्यापिड टेष्ट गर्नेको संख्या १ हजार ६५ पुगेको छ । यी सबै गरिएका परिक्षण नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

आज गरिएको आरडीटीमा गैंडाकोटका १ जना, देबचुलीका २ जना, मध्यबिन्दुका ४ जना, बिनयी–त्रिबेणीका २ जना, हुप्सेकोटका २ जना र जिल्ला अस्पतालमा ३ जनको गरी जम्मा १४ जनाको परिक्षण भएको हो । 

त्यस्तै, नवलपुरका थप २ जनाको स्वाव परीक्षण भएकोमा ती परीक्षणको नतिजा समेत नेगेटिभ रहेको 
स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको छ । 

आज प्राप्त स्वाव नमूना रिपोर्ट गैंडाकोटका २ जनाको रहेको कार्यालयले जनाएको छ । 

योसँगै नवलपुरका ७७ जनाको पिसीआर बिधिवाट कोरोना परीक्षण भएको छ । 

अहिलेसम्म परीक्षण भईसकेका नवलपुरका ७७ स्वाव नमूना र १ हजार ६५ आरडी परीक्षण गरी कुल १ हजार १ सय ४२ नमूना नेगेटिभ रहेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 

यस्तै, आजै जिल्ला अस्पतालमार्फत् २० जनाको स्वाव संकलन गरी परीक्षणका लागी भरतपुर स्थित कोरोना परीक्षण प्रयोगशाला पठाईएको जनाईएको छ । 

संकलित नमूना बुलिङटार गाउँपालिकाका बाहेक सातवटै पालिकामा भारत तथा संक्रमिण फैलिएका क्षेत्र बिरगञ्ज लगायतका स्थानबाट आउनेको रहेको कार्यालय प्रमुख चापागाईले जानकारी दिनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *