देबभूमी खवर—
३० बैशाख, नवलपुर ।
नेपालमा पहिलोपटक एकैदिन ४ जना सञ्चारकर्मी पत्रकारमा संक्रमण देखिएको छ । आज मंगलवार पर्सामा संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभएको हो ।
बिरगञ्जमा चैत ३१ गते ३ जनामा कोरोना भाईरस अर्थात् कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।
कोरोना महामारीका रुपमा फैलिएसँगै सत्य, तथ्य समाचार प्रवाह गर्नका लागी यहाँका पत्रकारले जोखिम मोलेरै काम गरेका थिए ।
यसरी आफ्नो पेशागत मर्यादा, कर्तब्य र जिम्मेवारीका साथ देशैभरीका सञ्चारकर्मीहरु अहिले पनि रिपोर्टिङमा लागेका छन् तर महामारीको अग्रभागमा रहेर काम गरिरहेका पत्रकार सञ्चाकर्मीका लागी भने सरकारले कुनै किसिमका स्वास्थ्य परीक्षण लगायतमा ध्यान पुर्याएको छैन ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment