Tuesday, May 12, 2020


देबभूमी खवर—
३० बैशाख, नवलपुर । 

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलवार दिउँसो १ बजेर १० मिनेटमा जारी गरेको प्रेस बिज्ञप्तिमा ५७ जना नयाँ संक्रमित भेटिएको पुष्टि गरेसँगै संक्रमित संख्या १ सय ९१ पुगेको हो । 

आज संक्रमण पुष्टि भएका ५७ जना सबै पुरुष हुन् । जसमा कपिलबस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ जना रहेका छन् । 

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको तथा स्वास्थ्यकर्मीको सम्पर्कमा भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सह– प्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी प्रेस बिज्ञप्ति अनुसार यी सक्रमितको परीक्षण काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको हो । 

नेपालमा एकैदिन यति धेरै संख्यामा संक्रमण पुष्टि भएको छ ।   




0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *