देबभुमी खवर—
२९ बैशाख, नवलपुर ।
आज सोमवार साँझ पुनः कपिलबस्तु, रुपन्देही र बर्दियाका १३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बिज्ञप्तिमार्फत् थप १३ जना कोभिड १९ का संक्रमित थपिएको पुष्टि गरेको हो ।
आज मात्रै यो सहित २४ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी प्रेस बिज्ञप्तिमा कपिलबस्तु यशोधरा गाउँपालिका ८ र बुद्धभूमी नगरपालिका ७ का ६ जना पुरुषहरुमा र रुपन्देही जिल्ला समरीमाई गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का ६ जना पुरुष तथा बर्दिया जिल्ला राजापुर गाउँपालिका ५ की ११ बर्षीया बालिकामा कोरोना भाईरस संक्रमण देखिएको उल्लेख छ ।
यी सक्रमितको परीक्षण काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment