खगेन्द्र पराजुली,
बैशाख २९, नवलपुर ।
नवलपुरमा आज सोमवार २६ जनाको र्यापिड टेष्ट भएको छ । योसँगै नवलपुरमा र्यापिड टेष्ट गर्नेको संख्या १ हजार ५१ पुगेको छ । यी सबै गरिएका परिक्षण नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
आज गरिएको आरडीटीमा गैंडाकोटका २ जना, कावासोतीका २२ जना, र हुप्सेकोटका २ जनाको गरी जम्मा २६ जनाको परिक्षण भएको हो ।
त्यस्तै, नवलपुरका थप ४ जनाको स्वाव परीक्षण भएकोमा ती परीक्षणको नतिजा समेत नेगेटिभ रहेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको छ ।
३ जना गैंडाकोटका र १ जना कावासोतीका गरी ४ जना बिरामी भई चितवनका बिभिन्न अस्पतालमा भर्ना भएकामा शंका लागी स्वाव परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट नेगटिभ आएको हो ।
योसँगै नवलपुरका ७५ जनाको पिसीआर बिधिवाट कोरोना परीक्षण भएको छ ।
अहिलेसम्म परीक्षण भईसकेका नवलपुरका ७५ स्वाव नमूना र १ हजार ५१ आरडी परीक्षण गरी कुल १ हजार १ सय २६ नमूना नेगेटिभ रहेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment