Monday, May 11, 2020


देबभूमी खवर—
२९ बैशाख, नवलपुर । 

आज सोमवार स्वास्थ्य मन्त्रालयले १० जना कोभिड १९ का संक्रमित थपिएको पुष्टि गरेको छ । 

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस बिज्ञप्ति मार्फत १० जना नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । 

काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका परिक्षणमा कपिलबस्तुका १० जनामा संक्रमण पुष्टि भएको हो । 

आज संक्रमित पुष्टि भएका सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ । 

कपिलबस्तुको यशोधरा गाउँपालिका ५ का र बुद्धभूमी नगरपालिका ७ र १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ र उमेर नखुलेका १ जना गरी १० जनामा सक्रमण देखिएको हो । 

संक्रमितमध्ये ३२ जना महिला र ८८ जना पुरुष छन् । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *