Wednesday, July 25, 2018

खगेन्द्र पराजुली--
९ साउन, देवचुली/
साविक प्रगतिनगर गाबिस क्षेत्रका नौ वटै वडामा सेवा क्षेत्र भएको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागी चुनाव हुने निश्चितप्राय भएको छ । 
मिनी स्थानीय निर्वाचनको रुपमा हेरिएको खानेपानीको चुनावमा अध्यक्षमा नेकपाले खिमानन्द भुसाललाई अगाडी सारेको छ भने नेपाली कांग्रेसले ढाकाराम भटराईलाई उभ्याउने भएको छ । 



नेकपाका तर्फबाट खानेपानीमा अध्यक्षका उम्मेदवार भुसाल शिक्षक पेशावाट निवृत्त भई बिभिन्न सामाजिक क्रियाकलापमा नेतृत्वदायी भूमिका खेल्दै आईरहनुभएको छ । वहाँ शिक्षक रहँदा तत्कालिन एमाले निकट मानिने शिक्षक संगठनका तर्फबाट शिक्षकहरुको साझा सांस्था शिक्षक युनियनको जिल्ला सचिव हुनुहुन्थ्यो भने एमालेका जिल्ला सल्लाहकारको रुपमा रहनुभएको थियो । भुसाललाई नेकपाले आफ्नो वलियो उम्मेदवारका रुपमा अगाडी सारेको छ । वहाँलाई स्थानीय स्तरमा अत्यन्त लोकप्रिय र परिचित सामाजिक कार्यकर्ताका रुपमा हेर्ने गर्दछन् । 
नेकपाले सचिवमा ईन्द्रमणी भुसाललाई र लेखा संयोजकमा हुमाकान्त पराजुलीलाई चुनावी मैदानमा खडा गराएको छ । 
उता नेपाली कांग्रेसले ढाकाराम भटराईलाई अध्यक्षमा अघि सारेको छ । भटराई पनि शैक्षिक क्षेत्रसँग सम्वन्धित हुनुहुन्छ । वहाँ शैक्षिक संस्था संचालक ब्यवसायी हुनुहुन्छ । वहाँले नेपाली कांग्रेस सम्वद्ध भातृ संघहरुको नेतृत्व गर्दै आउनुभएको छ । भटराईको पनि स्थानीय स्तरमा बौद्धिक र लोकप्रिय छवि रहेको छ । नेपाली कांग्रेसबाट सचिवमा गोबिन्द प्रसाद खनाललाई प्रस्ताव गरिएको छ । 
प्रगतिनगर खानेपानी संस्थाको नयाँ नेतृत्वका लागी चुनावी माहौल बनेसँगै स्थानीय राजनिति बृत्तमा बिभिन्न खाले अड्कलबाजी हुन थालेका छन् । दुबै पक्षले नेतृत्व आफ्नो पक्षमा पार्न दौडधुप शुरु गरिसकेका छन् । 
गत २०७२ साउन २ गते भएको चुनावमा अध्यक्षमा नेपाली कांग्रेस र तत्कालिन माओबादी केन्द्रका साझा उम्मेदवार परशुराम रेग्मीले, ३ जना वडाबाट कार्य समिति प्रतिनिधि र २ जना लेखा सदस्य जितेका थिए भने , सचिवमा तत्कालिन एमालेका हेमन्त श्रेष्ठले, ६ जना वडाबाट कार्य समिति प्रतिनिधि र लेखा संयोजकका हुमाकान्त पराजुलीले जितेका थिए । 
प्रगतिनगर खानेपानी निर्वाचन मण्डलले साउन १९ गते शनिवार चुनाव गर्ने गरी निर्वाचन तालिका वनाएको छ । बिहिबार उम्मेदवारी दर्ता हुदैछ । मतदानमा जाँदा परिचय खुल्ने नागरीकता, लाईसेन्स, मतदाता परिचय पत्र मध्ये एउटा प्रमाणित सामाग्री अनिवार्य लिएर जानुपर्ने समेत बताएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *