Wednesday, July 25, 2018

साउन ८, नवलपुर
खगेन्द्र पराजुली
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य पृथ्वी सुब्बा गुरुङले माफी मागेर पनि माफी दिन नसकिने खालको अक्षम्य गल्ती भएका कारण कानून मन्त्री शेर बहादुर तामाङले राजीनामा दिनुपरेको बताउनुभयो ।

आफ्नो हैसियत आफ्नो गरिमा आफ्नो पदीय धरातल ख्याल नगरिकन कसैले बोल्छ भने शेर बहादुर तामाङले मात्र होईन अरु सबैले त्यस्तो नियति भोग्नुपर्छ भन्दै राष्ट्रिय गरिमा घट्ने खालको, महिलाहरुमा अपमान हुने खालको, सरकारलाई नैतिक संकटमा पार्ने, पार्टीलाई प्रभाव पार्ने जस्ता अभिब्यक्ति वा कार्य गर्छ भने कोही पनि उम्कन नसक्ने बताउनुभयो । वहाँले सात वटै प्रदेशका मन्त्रीहरुले र संघीय सरकारका मन्त्रीहरुले यसलाई एउटा पाठ को रुपमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री भएपछि गुरुङ सोमवार चौथो पटक नवलपुर आउनुभएको हो ।  गुरुङले सोमवार र मंगलवार २ दिनमा १० वटा भन्दा बढी कार्यक्रम र अवलोकनमा सहभागीता जनाउनुभयो । मंगलवार  प्रेस चौतारी र प्रेस सेन्टर नवलपुरको संयुक्त आयोजनामा कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा नवलपुर जिल्लालाई पूर्वाधार सहितको जिल्ला बनाउने सम्वन्धमा प्रष्ट्याउनुभयो । 
नवलपुर जिल्ला नयाँ जिल्ला भएकाले पनि  प्रशासनिक र भौतिक रुपमा कष्टदायी अवस्थामा रहेकाले प्रदेश मातहत र केन्द्र मातहतका जिल्लाका संरचनाहरु छिटो भन्दा छिटो स्थापना र निर्माणमा लागिसकेको जानकारी दिनुभयो । वहाँले असोज सम्ममा जिल्लामा आउनुपर्ने कार्यालयहरु आईसक्ने समेत बताउनुभयो ।

नारायणीले पु¥याउने क्षतिको सकेसम्म नियन्त्रण तथा न्यूनीकरणका निम्ति यस वर्ष पूर्ण परियोजना प्रतिबेदन (डिपीआर) तयार गरेर अर्को बर्षदेखि काम थाल्ने योजना रहेको गुरुङले वताउनुभयो ।

वहाँले गण्डकी प्रदेशमा अत्यन्त चर्चामा रहेको दक्षिणी नाका त्रिबेणी र उत्तरी नाका कोरलालाई खुलाउन र गण्डकी प्रदेशकै लाईफ लाईनका रुपमा मानिएको दुम्किवास त्रिबेणी मार्गलाई केन्द्र सरकारका पहलमा चितवन राष्ट्रिय निकुञ्ज बफरजंगलाई बाधा अड्चन फुकाइदिन अनुरोध गरिसकेको बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालका सन्दर्भमा सञ्चालनमा आएकामध्येबाटै भएमा कानूनी अड्चनहरु हटाएर  वा नयाँ नै खोल्नुपरेमा पनि अध्ययनका आधारमा खोलिने बताउनुभयो । प्राविधिक शिक्षा तर्फ पनि नवलपुरको देवचुलीबाट प्रस्ताव परेकोले अध्ययन अवलोकन हुने वताउनुभयो ।

पत्रकारका जिज्ञासाको जवाफमा गुरुङले संंघीय सरकार र प्रदेश सरकारवीचका केही अस्पष्टताहरु देखिएको स्वीकार्दै वजेट बाँडफाँडमा एउटै परियोजनालाई दुबै सरकारको बजेट परेमा डुप्लिकेशनका आधारमा  साना, मझौला वा ठूला योजना मध्येको छुट्याई साना योजना स्थानीय सरकारले, मझौला प्रदेशले र ठूला योजना संघीय सरकारको बजेट मार्फत कार्यान्वयन गरिने बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *