Tuesday, July 24, 2018

साउन ८, देवचुली
खगेन्द्र पराजुली
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले २ दिनसम्मको नवलपुर बसाईका क्रममा देवचुली नगरपालिका स्थित प्रस्तावित जन ज्योति प्राबिधिक महाबिद्यालयको स्थलगत अवलोकन गर्नुभएको छ ।

 मंगलवार साँझ ७ बजे नवलपुरको सदरमुकाम कावासोतीबाट आउनुभएका गुरुङले देबचुली नगरपालिका वडा नम्वर १० स्थित जन ज्योति माध्यमिक बिद्यालयको स्वामित्वमा रहेको जमिनमा महाबिद्यालय भवन निर्माण स्थल अवलोकन गर्नुभएको हो । बिद्यालयको उक्त जग्गा महाराजा सामुदायिक वन उपभोक्ता समूहको पूर्वपट्टि पर्छ । 

मुख्यमन्त्री गुरुङले नवलपुरलाई शैक्षिक हवको रुपमा स्थापित गर्ने लक्ष्य प्रदेश सरकारको धारणा रहेको अभिब्यक्ति दिएसँगै देबचुलीमा प्राबिधिक महाबिद्यालय सञ्चालन गर्न सकिने र पर्याप्त जमिन पूर्बाधारका लागी रहेको प्रस्तावित जन ज्योति प्राबिधिक महाबिद्यालय तदर्थ समितिका संयोजक प्राध्यापक डाक्टर मोहनीलाल भुसालले गुरुङलाई अवलोकनका क्रममा जानकारी गराउनुभयो । 

प्रस्ताबित महाबिद्यालय स्थलमा प्रतिनिधि सभा सांसद तिलक महत, प्रदेश सांसद रोशन गाहाको उपस्थिति रहेको थियो । मुख्यमन्त्री अवलोकनमा आउँदा देवचुली नगरपालिकामा मेयर उपमेयर वडाध्यक्ष लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *