साउन, ७, नवलपुर, बिजय चालिसे–
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले डा. गोविन्द केसीलाई बोकेर नेपाली काँग्रेसले च्याँखे थापेको आरोप लगाउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृती सभालाई नवलपुरको कावासोतीमा सोमबार सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले डा. केसीलाई च्याँखे थाप्दैमा सरकारको रौं पनि नहल्लिने टिप्पणी गर्नुभयो । उहाले एक व्यक्तिलाई उचालेर आन्दोलन गर्दैमा माग पुरा गर्न नसकिने प्रष्ट पार्नुभयो ।
नेकपाका स्थायि कमिटि सदस्यसमेत रहनुभएका गुरुङले अब नेपालमा कम्युनिष्ट सरकार २५ वर्षसम्म टिक्ने दावि गर्नुभयो । उहाले नेपाली काँग्रेस अहिले नेतृत्वबिहिन जस्तै भएको टिप्पणीसमेत गर्नुभयो । काँग्रेसको नेतृत्व अहिले संकटमा छ गुरुङले भन्नुभयो–‘ अब डा. गोविन्द केसीलाई चिकित्सक पेशाबाट राजिनामा गर्न लगाएर काँग्रेसको सभापति बनाए हुन्छ’ । कम्युनिष्ट सरकारले जनजिविकाका सवालमा राम्रो गर्दै गईरहेकाले काँग्रेस अत्तालिएको गुरुङको भनाई छ ।
गुरुङले सबै निजि स्वास्थ्य संस्थाहरुलाई दुईदिन भित्रै राष्ट्रियकरण गर्न सकिने भएपनि यो सरकार व्याक्तिगत पुँजीको संरक्षणमा पनि उत्तिकै संवेदनशिल रहेको स्पष्ट पार्नुभयो । शिक्षालाई सेवामुखी नभै नाफा मुखी बनाउने काम काँग्रेसले गरेको आरोप लगाउदै गुरुङले विधिको शासन, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रका विषयमा काँग्रेसले पाठ सिकाउन नपर्ने बताउनुभयो ।
फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले नवलपुर गण्डकी प्रदेशको दक्षिण ढोका भएको बताउनुभएको छ । उहाले नवलपुर दक्षिण ढोका र कोरला नाका उत्तरी ढोका भएको भन्दै दुवै ढोकालाई बलियो बनाए मात्रै सम्वृद्व गण्डकी प्रदेश बन्ने बताउनुभयो । नवलपुरलाई सम्वृद्व बनाउन प्रदेश सरकार लागिरहेको बताउदै गुरुङले यस क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्न आफु प्रतिवद्व रहेको विश्वास दिलाउनुभयो । उहाले गण्डकी प्रदेशका कुन क्षेत्रमा बिजुली बत्ती पुगेको छैन त्यस ठाउको खाका लिएर आए दुई वर्षभित्र बिजुली बालेरै छाड्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एंव प्रतिनिधि सभा सदस्य तिलक महतले ५ वर्षसम्म प्रतिक्षा गरेर बस्न नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो । जनताले ५ वर्षका लागि जनमत दिएर पठाएको सरकार भएकाले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गरेर ५ वर्ष सम्म बस्न सुझाव दिनुभयो । त्यस्तै पार्टीका केन्द्रिय सदस्य किशन शर्मा गैरेले दुई कम्युनिष्टहरु एक भएको देखेर काँग्रेस अत्तालिएको भन्दै दुबै पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment