Sunday, September 8, 2019


खगेन्द्र पराजुली
२२ भाद्र, नवलपुर ।

एक महिना अगाडी एकिकरण भएको नव प्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्थाको पृथ्वीनगर सेवा केन्द्र अन्तर्गत तत्कालीन पृथ्वी साकोसको आर्थिक कारोवार हिनामिना भएको घटना बाहिर आएको छ ।
देवचुली नगरपालिका अन्तर्गत साबिक प्रगतिनगर गाबिसकोे जेठो  सहकारी संस्थाको रुपमा रहेको तत्कालीन पृथ्वी साकोसको रकम ब्यवस्थापकीय जिम्मेबारी लिएका संस्थाका कर्मचारी कृष्णप्रसाद रेग्मी (प्रकाश)ले संस्थाको हित बिपरीत हानी नोक्शानी हुने कार्य गरेको नव प्रगति पृथ्वी साकोस सञ्चालक समितिले जनाएको छ ।

भदौ १३ गते शुक्रवारदेखि १५ गते आईतवारसम्म  एकिकृत साकोसको आ–आफ्नै हिसाव समेत एकिकृत गर्न प्रधान कार्यालयबाट गएको टोलीले संस्थाको हिसाव किताव हेर्दा एकरुपता नभेटेपछि १६ गते नै सञ्चालक समितिको निर्णयबाट कर्मचारी रेग्मीलाई छानविन सम्पन्न नहुञ्जेलका लागी निलम्बन गरी हिसाव हेरी सत्यतथ्य बाहिर ल्याउनका लागी छानबिन समिति समेत गठन भईसकेको छ ।

१६ गते बसेको बैठकको निर्णय आज सार्बजनिक गर्दै नवप्रगति पृथ्वी साकोसका अध्यक्ष मानसिं खत्रीले २०७२ असारमा निजले एकाघरकै आफ्ना बाबु र आमाको नाममा अरु शेयर सदस्यभन्दा भिन्न  ब्याजदरमा समेत फरक पारी १२ बर्षे कर्जा सफ्टवेयर नै दुरुपयोग गरी ८ लाख रुपैयाँ लिएकोे बताउनुभयो ।

अध्यक्ष खत्रीले ४ बर्षसम्म त ब्याज नै नबुझाए हुने गरी कर्मचारी आफैंले आफ्नो घरमा गरेको लगानी नियतबश नै भएको बताउनुभयो ।

आज आईतवार कार्यालय समयमा संस्थाका शेयर सदस्यहरुले गरेको खवरदारीपछि आर्थिक अनियमितताका बारेमा छानबिन समिति गठन भईसकेकाले त्यस भन्दा अगाडीको अवस्था आफुले बताएको अरु जिम्मेवारी छानबिन समितिले निर्बाह गरेकाले त्यसपछिका बिषयमा छानबिन समिति बोल्ने वा सञ्चालक समितिलाई आधिकारीक जानकारी आएमा सार्वजनिक गर्ने बताउनुभयो ।

साकोस स्रोतका अनुसार अन्य ऋण लगानीका क्रममा दिईएका ठूल्ठूला रकमका चेकहरुको समेत पुष्टि नभएकाले अंकमा ठ्याक्कै यति नै भन्न नसकिए पनि हिनामिना रकम बढ्न सक्ने अनुमान छ ।
सोही संस्थामा यसअघि पनि तत्कालीन एक कर्मचारीबाट आर्थिक अनियमितता भएको थियो । पटक पटक कर्मचारीबाट अनियमितता भईरहदा दुखले जम्मा गरेको पैसामा रजाई गर्नेलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *