Sunday, September 8, 2019


खगेन्द्र पराजुली 
भदौं २२, नवलपुर । 

बिगत डेढ दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार बिजय चालिसे नवलपुरको मध्यबिन्दु स्थित चोरमारामा रहेको दर्पण एफ एमको स्टेशन म्यानेजरमा नियुक्त हुनुभएको छ । 

बिजय एफ एम गैंडाकोटबाट पत्रकारीतामा प्रबेश गर्नुभएका चालिसे पछिल्लो समय काठमाण्डौबाट सञ्चालित अनलाईन दैनिक नेपालका नवलपुर संबाददाता र चितवनको अनलाईन नारायणी अनलाईनको नवलपुर बरिष्ठ संबाददाताका रुपमा सक्रिय रहनुभएको छ । 

नेपालका धेरै रेडियो र केही टेलिभिजनमा समाचारको क्षेत्रमा अनुभव संगाल्नुभएका पत्रकार चालिसे बिगत २ बर्षदेखि पुनः नवलपुरलाई आफ्नो कार्यथलो बनाईरहनुभएको छ । वहाँले नवलपुरका बिजय एफ एम सहित कावासोतीका देबचुली टि.भी., मध्यबिन्दु एफ एम र सामर्थ्य एफ एम लगायतका सञ्चार माध्यममा समेत सेवा गर्नुभएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *