Monday, September 9, 2019


२३ भाद्र, नवलपुर । 

नेपालको पहिलो बाल क्लव जागृति बाल क्लव की अध्यक्ष आशा वि.क. एसिया बालिका अभियानको बालिका एम्बास्डर भएकी छन् । श्री जन ज्योति मावि देवचुली–१५ मा भर्खरै मात्र कक्षा १२ उतीर्ण गरेकी आशा कक्षा ६ देखि नै बालक्लव र किशोरीसँग सम्बन्धी गतिविधिमा सक्रिय रहेकी थिइन् । 

विगत २ वर्षदेखि जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानलानको सहयोगमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमबाट प्रशिक्षित भए पछि आफूले आत्मरक्षा, घर विद्यालयमा महिनावरी प्याडको निर्माण, किशोरी माथि हुने बलात्कार, बालविवाह यौन हिंसाबाट कसरी सुरक्षित रहने सन्दर्भमा आफ्ना साथीहरुलाई अभिमुखीकरण गरिरहेकी छन् । 

करिब २ हजार जना बालबालिका र किशोरीलाई आफूले जनचेतना मूलक तालिम दिएको बताउदै भविष्यमा किकबक्सिङ् खेलाडी मार्फत देशको सेवा गने लक्ष्य रहेको उनले बताईन् ।

सन् २०१२ देखि प्रत्येक वर्ष ताईवानको द गार्डन होप फाउन्डेसनले ताईवान सरकारसँगको सहकार्यमा एसियामा एसिया बालिका अभियान र एसियनगल्स ह्युमन राईटस् अवार्ड प्रदान गर्दै आईरहेको छ । यसै अन्तर्गत आशाले एसियन बालिका एम्बास्डरको रुपमा छनौट भएकी छन् भने अवार्डको प्रतिस्पर्धाको लागि अक्टुबर ४ देखि ११ सम्महुने विशेष कार्यक्रममा भागलिन ताईवान जाँदैछिन् । उनले एसियाका अन्य किशोरीहरुसँग प्रतिस्पर्धा गर्ने्छिन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले विभिन्न संघसंस्थासँगको सहकार्यमा बालिका तथा किशोरीहरुको अधिकार संरक्षणको लागि भेला र छलफलहरु नगर, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा समेत बालिका सम्मेलनहरु गर्दै आईरहेको छ । आशा विक पनि यस्ता कार्यक्रमको एक निरन्तर सहभागीहुन् ।

कावासोती  ११ मा स्थाई घर भएकीआशा विक पारिवारिक, आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनिआफ्नो अध्ययन सँगसँगै प्रशिक्षण, खेल, छलफल मार्फत किशोरी अधिकार संरक्षणमा क्रियाशील रहेकी छन् ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *