Tuesday, September 10, 2019


खगेन्द्र पराजुली, 
२४ भाद्र, नवलपुर । 

देबचुली १३ दलदलेको बोटेटोलका ३ परिवारलाई मत्स्य पालन प्रबद्र्धन शिर्षकमा पोखरी निर्माणार्थ रकम हस्तान्तरण भएको छ । वडाको कृषि अनुदान अन्तर्गतको रकम एक कार्यक्रमको आयोजना गरी आज मंगलवार ब्यवसायिक रुपमा माछा पाल्न पोखरी निर्माण गरेका बोटे समुदायका बिपन्न ३ जनालाई जनही ३१ हजार रुपैयाँका दरले चेक हस्तान्तरण भएको हो । 

वडा नम्वर १३ का वडा अध्यक्ष एवं देबचुली नगरपालिकाका प्रबक्ता डिल बहादुर खत्रीले चेक हस्तान्तरणपछि बोल्नेक्रममा स्थानीय बिपन्न बोटे समुदायको आय आर्जनमा बृद्धि गर्दै उनीहरुको जीवनस्तर समेत माथी उकास्ने उदेश्यका साथ ब्यवसायिक रुपमा लागेका कृषकलाई प्रोत्साहन गर्नुपर्छ भनेर पोखरी निर्माणका क्रममा राहत होस् भन्दै सहयोग गरेको बताउनुभयो । 

रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खत्रीले वडालाई नगरपालिकाले छुट्याएको रकमले कुनै पनि ठुला आयोजना सञ्चालन गरी सम्पन्न गर्न नसकिने हुदाँ साना तर प्रत्यक्ष जनतालाई लाभान्वित हुने शिर्षक अन्तरर्गत बिद्यालयमा दिवा खाजा कार्यक्रम, कृषि अन्तर्गत माछा, तरकारी, पशु लगायतमा वडाको बजेट लगानी गरेको बताउनुभयो । वहाँले सडक पुर्वाधार लगायत ठुला योजनाका लागी नगर, प्रदेश र संघ सरकारलाई घच्घचाईरहेको बताउनुभयो । 

वडाको आर्थिक सहयोग र दलदले मत्स्य बिकास समुहको सहकार्यमा भएको कार्यक्रममा माछा पालनमा लाग्न ईच्छुक भएर पोखरी निर्माण गरिरहेका अशोककुमार बोटे, निर्मला बोटे र होमबहादुर बोटेलाई प्रमुख अतिथि खत्री र समुहका अध्यक्ष ईन्द्रमणी भुसालले चेक प्रदान गर्नुभएको थियो । 

कार्यक्रमको अध्यक्षता गर्नुभएका भुसालले मत्स्य पालन ब्यवसायभित्र चुनौती रहदाँरहदै पनि राम्रो आम्दानी समेत हुने ब्यवसाय भएकाले थालनी गरेको ब्यवसायलाई निरन्तरता दिदै उत्कृष्ट वनाउने लक्ष्यका साथ ब्यवसाय गर्न आग्रह गर्नुभयो । 

कार्यक्रमको सञ्चालन मत्स्य कृषक मानसिं खत्रीले गर्नुभएको थियो भने वडा सदस्य जगवहादुर बोटे, नवलपुर मत्यस्य ब्यवसायी कृषक समुहका कोषध्यक्ष कृष्णबहादुर गुरौं, मातृभूमी मध्यवर्ती सामुदायिक बनका अध्यक्ष बिष्णु प्रसाद पौडेल, सचिव शिवप्रसाद अधिकारी, समाजसेबी गोबिन्द खनाल, लगायतको उपस्थिति रहेको थियो । 

दलदलेस्थित बोटेटोलमा अहिले २१ जनाले २५ बिगाहा क्षेत्रफलमा माछा पालन गरेका छन् । करीव ५५ घर बोटे, माझी समुदाय रहेको यस ठाउँमा जगबहादुर बोटे गत बर्षबाट माछा पालनमा प्रबेश गरेसँगै बिपन्न अन्य परिवारपनि यसतर्फ आकर्षित हुन थालेका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *