Tuesday, September 10, 2019


खगेन्द्र पराजुली, 
२४ भाद्र, नवलपुर । 

१४ बर्षदेखि २२ बर्ष उमेर समुहका किशोरीहरुका लागी लक्षित टेक एज गल्स् कार्यक्रम नवलपुरका २ वटा सामुदायिक पुस्तकालयमा हुने भएको छ । 
प्रबिधिसँग किशारीहरु नजिकिदै गर्दा यसको सही प्रयोगबाट हुने सकारात्मक फाईदा र यसलाई प्रयोग गर्ने नाममा दुरुपयोग बढ्दा जीवनमा हुन सक्ने नकारात्मक बेफाइदा सहित किशोरीको नेतृत्व बिकासलाई सँगसँगै लैजाने उदेश्यले टेक एज गल्स् परियोजना सञ्चालन गर्न लागिएको रिड नेपाल ट्याग परियोजनाका क्षेत्रिय कार्यक्रम संयोजक राजु चापागाईले जानकारी दिनुभयो । 

आज मंगलवार डण्डामा रहेको अग्यौली सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको संयोजनमा जनता माबि डण्डाका किशोरी बिद्यार्थीलाई कार्यक्रममा सहभागीता हुन पुरा गर्नुपर्ने मापदण्डका बारेमा जानकारी दिन अभिमुखीकरण आयोजना गरिएको थियो । कार्यक्रममा ९ कक्षा देखी १२ कक्षासम्मका किशोरीहरुको उपस्थिति रहेको थियो । 

त्यस्तै, यस्तै खालको कार्यक्रम मध्यबिन्दुको लेडाहामा रहेको फूलवारी सामुदायिक पुस्तकालयमा समेत हुने परियोजनाका संयोजक चापागाईले बताउनुभयो । 

वहाँका अनुसार दुबै स्रोत केन्द्रमा ४५–४५ जनालाई सहभागिता गराई उनीहरुलाई एक्काईसौं शताब्दीमा प्रबिधिसँग किशोरीहरुका बिषयमा २ घण्टा अभिमुखीकरण र २ घण्टा प्रयोगात्मक कक्षा मार्फत  नेतृत्व तथा ब्यक्तित्व बिकास गरिने बताउनुभयो । 

६ महिनासम्म चल्ने कार्यक्रममा दोस्रो चरणमा मुल्यांकन बिधिबाटै एक स्रोत केन्द्रबाट उत्कृष्ट २४ जना र त्यसपछि २ जना छानेर उनीहरुलाई देशैभरीबाट यसरी नै छानिएकालाई काठमाण्डौमा बिशेष प्रशिक्षण प्रदान गरिने बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *