Tuesday, September 10, 2019


खगेन्द्र पराजुली, 
२४ भाद्र, नवलपुर । 

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिश्व स्वास्थ्य संगठनका मापदण्डहरु पुरा गर्दै दक्षिण एसियाका नमूना खानेपानी संस्था अन्तर्गत आफुलाई उभ्याउने प्रयत्नमा लागेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो । 

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बिश्व स्वास्थ्य संगठन डब्लु एच ओ का प्रोफेसनल अफिसर र खानेपानी बिभागका ईन्जिनियरको उपस्थितिमा सामाजिक परिक्षण भईरहेको बेला यस्तो उर्जा प्राप्त भएको अध्यक्ष भुसालले बताउनुभएको हो । 

आज मंगलवार संस्थाकै कार्यालयमा डब्लु एच ओका प्रोफेसनल अफिसर सुदनराज पंथी र खानेपानी बिभागका गुणस्तर ईन्जिनियर दिवाकर घिमिरेले खानेपानी संस्थाका पदाधिकारी, प्रतिनिधि, सुरक्षा समिति सहितको टोलीसँग संस्थाद्धारा गरिएका क्रियाकलापका बारेमा सुक्ष्म परिक्षण गरेको हो । 

परिक्षणपछि दिईने सुझावमा अफिसर र ईन्जिनियरद्धयले सामान्यतया नेपालमा काम हुने तर अभिलेख नहुने समस्या रहेकोमा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा काम संगै अभिलेख पनि रहेको पाइयो भनी सकारात्मक टिप्पणी गर्नुभएको छ । 


प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालका अनुसार गत साउन २२ गते गरिएको एकवर्षे कार्यप्रगतिको सार्वजनिकीकरणपछि आज भएको सामाजिक परिक्षणबाट अझ हौसला प्राप्त भएको महशुस गरेको सुनाउनुभयो । 

अध्यक्ष भुसालले आम उपभोक्ता तथा ग्राहकको खानेपानी संस्थाप्रतिको बिश्वास, कर्मचारी मित्रहरुको कामप्रतिको ईमान्दारीता, सञ्चालक समितिको योजना तथा कार्यक्रम निर्माणका क्रममा भएका निर्णयको संबेदनशीलता, सुरक्षा समिति लगायतको सुरक्षित खानेपानीका निम्ति गरिएको निगरानी, प्रतिनिधित्व गर्ने खानेपानी सभासद्द्धारा संस्थाद्धारा ल्याईएका कार्यक्रम सम्पन्न्न गर्न दिईएको म्याण्डेट लगायतका कारण संस्थाले गरेका जे जति कार्य र प्रयासहरु छन् तिनीहरुको अभिलेख राख्दा राम्रो मुल्यांकन भएको बताउनुभयो । 

गत साउन २२ गते बार्षिक प्रगति सार्वजनिक गर्दैगर्दा प्रगतिनगर खानेपानी देशभरकै उत्कृष्ट ३ मध्ये एक रहेको जानकारी गराईएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *