Wednesday, September 11, 2019


२५ भदौ, नवलपुर । 

राष्ट्रिय भुमिअधिकार मञ्च नवलपुरले र्याली सहित मालपोत कार्यालय कावासोतीमा धर्ना दिएको छ । आज बुधवार प्रदर्शन सहित मालपोत कार्यालय अगाडी नै भुमिअधिकार मञ्चले धर्ना दिएको हो । 

करीव एक घण्टा भएको धर्नामा सेवाग्राहीको सँधै चाप हुने मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार कार्यालयबाट प्रदान गरिने सेवामा  ढिला सुस्ती नगर्न, मालपोतबाट पाउनुपर्ने सेवामा बिना घुस छिटो छरितो काम हुनै नसक्ने स्थिति रहेकाले यस्ता भष्ट्रचारजन्य क्रियाकलाप तुरुन्त बन्द गर्नुपर्ने भन्दै  प्रदर्शन तथा धर्नाका सहभागीहरुले नारावाजी गरेका थिए । 

त्यसैगरी मालपोत कार्यालय कावासोतीमा जिल्ला भुमि अधिकार मञ्च नवलपुरकी मनरुपा कुमालको नेतृत्वमा ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा नागरिकहरु मतदाता मात्र नभएर करदाता भएकाले मालपोतबाट उपलब्ध सेवा सुविधा कित्ताकाट, अंशवण्डा, नामसारी, जग्गा रजिष्ट्रेशन कार्य छिटो छरितो गर्न, घुस लिने कार्य बन्द गर्न, नवलपुर जिल्लामा भईरहेको चोरी दर्ता कार्य बन्द गर्न, विगतमा भएका चोरी दर्ता निवेदनका आधारमा बदर गर्न माग गरेका छन् ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *