खगेन्द्र पराजुली,
भदौ २५, नवलपुर ।
नवलपुरमा समेत जोखिमका रुपमा देखिएको डेंगु रोकथामका निमित्त भिन्न भिन्न गतिबिधिहरु सम्पन्न भएका छन् । स्थानीय सरकारदेखि संघीय सरकार समेतले सचेत रहन आग्रह गरिरहेका छन् । नवलपुरमा स्थानीय सामाजिक संघसंस्थाहरुले बिभिन्न अभियान चलाएका छन् ।
यसैक्रममा आज नवलपुरको कावासोती नगरपालिकाको जनस्वास्थय प्रवर्धन उपशाखाले सचेतनाका निम्ति पर्चा पम्प्लेट बितरण गरेको छ ।कावासोती नगरपालिका वडा नं. २ को आयोजनामा कोशेली महिला उपभोक्ता सहकारी संस्था, नवदुर्गा सामुदायिक बन उपभोक्ता समुह, हिमचुली टोल बिकास उपभोक्ता समितिको सहकार्यमा डेगु रोग नियन्त्रणका लागी लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान मार्फत स्थानीयलाई सचेत गराएको छ ।
त्यस्तै, कावासोती १ का अध्यक्ष नारायण पन्तको संयोजकत्वमा वडाको झरना चोक हुंदै लुम्बिनी चोक, हिमाल चोक र छहारी चोकसम्मका बाटोमा सरसफाईका साथै खोज र नष्ट गर सम्वन्धि सचेतना कार्यक्रम भएको छ ।
त्यस्तै आजै देबचुली नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखा र वडा नम्वर ८ को आयोजनामा देबचुलीका मुण्डे, मुढावास क्षेत्रमा सरसफाईसहित सचेतना कार्यक्रम भएको छ ।
त्यस्तै पहिलो पाइला नेपाल शुक्लागण्डकी शाखाले आजै डेंगु रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment