Wednesday, September 11, 2019


खगेन्द्र पराजुली, 
२५ भाद्र, नवलपुर । 

बिश्व साईकलयात्री रामचन्द्र मानन्धर देबचुली आएका छन् । आफ्नो बिश्व साईकल यात्राको उदेश्यका बारेमा बिद्यालयका बिद्यार्थीलाई जानकारी गराउने उदेश्यका साथ देबचुलीका बिद्यालयहरुमा भेटघाट गर्न आएको उनले बताएका छन् । 

अहिलेसम्म ३२ राष्ट्र साईकलमा भ्रमण गरिसकेका मानन्धरले ८ बर्षभित्रमा संसारका २ सय देश घुम्ने लक्ष्य राखेका छन् । 

बिशेष गरेर सगरमाथा र बुद्धको देश नेपाल भनेर चिनाउन आफु बिश्व भ्रमणमा निस्कििएको बताउने साईकलयात्री मानन्धरले पूर्वमा हङकङ, मकाउ र पश्चिममा ईजरायल र प्यालेस्टाईन लगायतका ३२ देशहरु साईकलमा घुमिसकेको बताए । 

केही देश भ्रमण गरिसकेपछि केही समय बिश्राम लिनका लागी नेपाल आउने मानन्धर नेपाल आउदा पनि आफ्नो यात्राको बारेमा अवगत गराउन बिद्यालयहरुमा जाने गरेको सुनाए । बिद्यार्थीलाई यस्ता खाले गतिबिधिको बारेमा बुझाउदा उनीहरुको मनोबृत्तिमा हौसला उत्पन्न हुने उनले बताए । आफु बिश्व साईकल यात्री भएपनि नेपालका ४७ वटा जिल्ला साईकलमै भ्रमण गरेको उनी बताउछन् । 

उनले पछिल्लो समय कम्वोडिया भ्रमण गरेका छन् । द्धन्द र लुटपाटबाट प्रताडित देश भएकाले अन्जान मान्छेलाई बास पनि दिन डराउने हुदा कम्बोडियाको जंगलमा बास बसेको सुनाउँदै उनले धेरै ठाउँमा नेपाल चिनाउने सन्देश सहित पुग्दा प्रवासमा बस्ने नेपालीहरु खुसी हुने गरेको अनुभव साटेका छन् । 

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न आफ्नो भ्रमणले प्रचारात्मक भूमिका निर्बाह गर्ने बताउने उनले यही नोभेम्वर पहिलो सातामा ३३ औं देशको रुपमा पाकिस्तान भ्रमण गर्ने र त्यहाँवाट अफगानिस्तान जाने तालिका रहेको बताए । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *