Thursday, September 12, 2019


खगेन्द्र पराजुली, 
२६ भाद्र, नवलपुर । 

गैडाकोटमा आफ्नै घरमा मृत भेटिएकी एक महिलाको हत्या भएको आशंकामा अनुसन्धान थालेको नवलपुर प्रहरीले २४ घण्टाभित्रैमा अभियुक्तलाई समात्न सफल भएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरले आज बिहिवार पत्रकार सम्मेलनमार्फत हत्यामा संलग्न ४ जनालाई पक्राउ गरी कर्तब्य ज्यान र डाँका मुद्धामा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ । 

पक्राउ पर्नेमा खोटाङ दिप्रुङ गाउँपालिका ६ का हाल गैंडाकोट ८ बस्ने ३६ बर्षिय अर्जुन खड्का, उनकी श्रीमती मीना खड्का, तनहुँ ऋषिङ गाउँपालिका  २का हाल गैंडाकोट १५ बस्ने ४५ बर्षिय बसन्त कुमार बराल र उनकी श्रीमती कमला बराल रहेका छन् । 

भदौ २४ गते मंगलवार आर्थिक प्रलोभनमा परी गरगहना लुटपाट गर्ने क्रममा पहिचान खुल्ने डरले हत्या भएको प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धानको कुकुरको सहायतामा गरिएको छानविनका क्रममा घटनापछि धेरैले  घाईते अवस्थामा रहेको ठानी उद्धार गर्न खोजेका कारण कन्ट्यामिनेसन भएकाले अनुसन्धानमा अवरोध भएपनि लुटिएका गरगहना सहित उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख  एसपी मोहनप्रसाद पोख्रेलले बताउनुभएको छ । 

गैंडाकोट नगरपालिका वडा नं. १५ मनकामना टोलमा एक्लै बस्दै आउनुभएकी ६८ बर्षिया बृद्धा भुमादेबी खत्रीले लगाएका गहना शरीरबाटै लुटेका कारण चोट समेत लागेको प्रहरीले जनाएको छ । मृतकको आँखा फुटेको, टाउको, कान अनुहारबाट रगत बगेको घटना स्थलमा पुगेका प्रहरीले जनाएका थिए । 

छोराहरु बैदेशिक रोजगारमा भएकाले वहाँ घरमा एक्लै बस्दै आईरहनुभएको थियो भने अभियुक्तहरु सोही क्षेत्र आसपासमा मिस्त्री र लेबर काम गर्ने गरेको खुलेको छ । पछिल्लो समय उनीहरु मनकामना टोलमै बाटोको काम गर्ने गरेको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।  

तस्बीरः सुजन मगर

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *