खगेन्द्र पराजुली
२६ भाद्र, नवलपुर ।
जिल्ला प्रशासन कार्यालय र नवलपुर उद्योग बाणिज्य संघ लगायत नवलपुरमा रहेका उद्योग बाणिज्य संघका प्रतिनिधिहरुबीचको बैठक सम्पन्न भएको छ । आज प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले चाडपर्ब लक्षित निर्णय गरेको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेलले जानकारी गराउनुभयो ।
वहाँले नेपालीहरुको महान पर्वहरु बिजया दशमी, दिपावली र छठ पर्वलाई लक्षित गर्दै आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन स्थानीय तहसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा सहुलियत पसल संचालन गर्ने ब्यवस्था मिलाउने निर्णय भएको बताउनुभएको छ ।
त्यस्तै, आसन्न चाडपर्वलाई दृष्टिगत गरी प्रशासन र उद्योग बाणिज्य संघको संयुक्त बजारको बिशेष अनुगमनलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने समेत निर्णय गरेको छ भने उद्योग बाणिज्य संघहरुले स्थानीय तहसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा ब्यवस्थित बधशाला निर्माण गर्न स्वच्छ र स्वस्थ्य मासु बिक्री बितरण गर्ने ब्यवस्था मिलाउने निर्णय गरेको छ ।
बैठकमा नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेल, मध्यबिन्दु उद्योग बाणिज्य संघका अध्यक्ष केदार पराजुली, देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, गैंडाकोट उद्योग बाणिज्य संघका उपाध्यक्ष माधवप्रसाद कोईराला, प्रशासन अधिकृत आनन्द शर्मा भुसाल, तारादेबी अर्याल लगायतको उपस्थिति रहेको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment