खगेन्द्र पराजुली
२७ भाद्र, नवलपुर ।
कोपिला नेपालको सयोजनमा नवलपुर गोर्खा लम्जुङ्ग र कास्कीका द्वन्द प्रभावित तथा यातना पिडितहरुबीच बिहिवार अन्तरक्रिया सम्पन्न भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका स्थित लोहोसेधारा चोरमारामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अधिकांशले राजनैतिक र जनजीविकाका पक्षमा आवाज उठाउँदा आफुहरुले द्वन्दका बेला भोगेको यातनाको पीडा आलै रहेको अनुभव सुनाउँदै त्यो पीडा भुलाउनका लागी जुन उदेश्य र लक्ष्यका साथ लागिएको थियो त्यो पुरा हुनुपर्ने धारणा राखेको थिए ।
भुवनराज बस्यालको अध्यक्षतामा भएको अन्तरक्रियामा पुर्णकला भुसालको स्वागत तथा देबी अधिकारीको सञ्चालन रहेको थियो ।
अन्तरक्रियामा कोपिला नेपालका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक तीर्थबहादुर थापा, यातना पिडित समाजका प्रदेश अध्यक्ष जयकृष्ण पोख्रेल, प्रदेश उपाध्यक्ष हरिप्रसाद घिमिरे, प्रदेश सदस्यहरु रामेश्वर भटराई, ताराप्रसाद भुसाल, भरतमणी भटराई, द्वन्द प्रभावित केदार पराजुली, सत्यनारायण भुसाल र नारायण अर्याल लगायतले बोल्नुभएको थियो ।
अन्तक्रियापछि सम्पन्न द्वन्द प्रभावित तथा यातना पिडितहरुको भेलाले २ जना महिला सदस्य पछि थप गर्ने गरी अहिले ९ सदस्यीय समिति गठन गरेको छ । जसको अध्यक्ष ताराप्रसाद भुसाल, उपाध्यक्ष भुवन बस्याल, सचिव देबी अधिकारी, सह–सचिव नारायण देबकोटा, कोषाध्यक्ष टीकाराम घर्तीलाई चयन गरेको छ भने सदस्यहरुमा लोकप्रसाद भुर्तेल, शंकरवहादुर नेपाली, ज्ञानबहादुर बिश्वकर्मा र मनोहर केसी चयन हुनुभएको छ ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment