Friday, September 13, 2019



खगेन्द्र पराजुली
२७ भदौं, नवलपुर । 

गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै ज्ञानेन्द्र शाहीले लगाएको आरोप निराधार र असत्य भएको उल्लेख गर्नुभएको छ । 

गैंडाकोट नगरपालिकाद्धारा आज शुक्रवार चलानी नम्वर ३३४ मार्फत  जारी गरेको प्रेस बिज्ञप्तीमा शाहीले स्थानीय जनता समेत भेला पारी नगरपालिकाको कार्यालय अगाडी गरेको सम्वोधन प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो । 

बिज्ञप्ती मार्फत् नगरकार्यपालिकासँग सम्वन्धित बिषयमा कुनै सोधपुछ नगरी सत्यतथ्य पत्ता लगाउनुभन्दा भीडलाई बढी उत्तेजित गराई स्थानीय सरकारप्रतिको जनबिश्वासलाई दिग्भ्रमित पार्ने यस प्रकारका भनाईमा कुनै सत्यता नरहेको सबैमा जानकारी गराईएको छ । 

मेयर पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा अगाडी भनिएको छ – जनताको करबाट संकलित अमुल्य रकमको बिबेकपुर्ण परिचालनका माध्यमबाट नगरवासी सबैको सेवासुबिधा, बृद्धि बिकास, निर्माणको कार्यलाई अगाडी बढाउँदै संमृद्ध गैंडाकोट निर्माण गर्ने हाम्रो अभियान जारी छ । जनताको लामो बलिदानी पश्चात् प्राप्त गरेको संघीयता, गणतन्त्र, लोकतान्त्रिक शासन ब्यवस्थालाई देखिनसक्ने प्रतिगामी तत्वहरुबाट गरिएका यस प्रकारका भ्रमपुर्ण कुराको पछि नलागी यस प्रवृतिलाई दुरुत्साहन गर्नतर्फ लाग्नुहुन आम नागरीक, संचारकर्मी, पत्रकार, समाजसेबी सबैमा हार्दिक आह्वान गर्दछु । 

हिजो साँझ गैंडाकोट नगरपालिकाको कार्यालय अगाडिको चौपारीमा स्थानीय जनतालाई भेला पारी ज्ञानेन्द्र शाहीले गैंडाकोट नगरपालिकाबाट तलव भत्ता शिर्षकमा २५ करोड ३४ लाख ५२ हजार खर्च गरी नियमानुसार हुनुपर्ने खर्चभन्दा करीव १९ करोड ७६ लाख बढी खर्च गरी रकम अपचलन गरिएको आरोप लगाएका थिए । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *