Tuesday, September 17, 2019


खगेन्द्र पराजुली
३१ भाद्र, नवलपुर । 

गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले महिलाको स्वास्थ्यका लागी प्रजनन् स्वास्थ्य निकै संबेदनशील भएकाले ध्यान दिनुपर्ने बताउनुभएको छ । आज नवलपुरको दुम्कौली स्वास्थ्य केन्द्रमा आयोजित स्वास्थ्य कार्यक्रममा बोल्दै मंत्री पुनले महिलाहरुले गर्भ निरोधक साधनहरु प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र स्वास्थ्यकर्मीहरुको परामर्शलाई समेत अगाल्न आग्रह गर्नुभएको हो ।

नवलपुरका ७ वटा सरकारी स्वास्थ्य संस्थाबाट रिसर्च बेसमा सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा ल्याउन लागिएको गर्भ निरोधक सुई सायना प्रेसको महिलामा स्वीकार्यता र सम्भाब्यता अध्ययनको शुभारम्भ कार्यक्रमको औपचारीक उद्घाटन कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री पुनले जनतालाई स्वास्थ्य पहुँचमा ल्याउनका लागी गण्डकी सरकार गम्भीर रहेको समेत बताउनुभयो । 

तीन महिनाको अवधि रहेको सुईमार्फत् दिईने गर्भ निरोधकको अस्थायी साधन सायना प्रेस अमेरीकामा बनेको हो । यसको महिलामा स्वीकार्यता र सम्भाब्यताको अध्ययन पहिलो पटक नवलपुरबाट शुरु गर्न लागेको आई पास नेपाललाई उधृत गर्दै प्राथमिक स्वास्थय केन्द्रका स्वास्थ्यकर्मी जायश्वर भुसालले जानकारी दिनुभयो । 
शुभारम्भ कार्यक्रममा स्वास्थ्य मंत्रालयका सचिव डा. पुष्पा चौधरी, सायना प्रेसका क्षेत्रीय डाईरेक्टर बिनोद बिन्दु शर्मा लगायतले नेपालमै पहिलो पटक प्रयोगमा ल्याउन लागिएको गर्भ निरोधक सुई सायना प्रेसका बारेमा चर्चा गर्नुभएको थियो । 

स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा आई पास नेपालको सहकार्यमा भएको कार्यक्रमको अध्यक्षता देबचुली ३ का वडाध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीका सञ्चालक समिति अध्यक्ष गोपालराज लम्सालले गर्नुभएको थियो भने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख ख्याम केसी, लगायत स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि एवं महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको थियो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *