Tuesday, September 17, 2019


खगेन्द्र पराजुली
३१ भाद्र, नवलपुर । 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बिकास र संमृद्धिका सवालमा सबै राजनैतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ । आज नवलपुरको सदरमुकाम कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औं साधारण सभाको उद्घाटन तथा ओभरहेड ट्यांकी शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार जनतालाई बिजुली र खानेपानी घरघरमा पुर्याउने मुुख्य एजेण्डाका साथ  लागिपरेको दावी गर्नुभयो । 

उद्घाटन तथा शिलान्यास कार्यक्रममा प्रदेश सांसदद्धय रोशनबहादुर गाहा र  बिष्णु लामिछाने, कावासोती नगर उपप्रमुख प्रेमशंकर मर्दनिया, सल्लाहकारद्धय बिष्णुप्रसाद भुसाल र शिबप्रसाद भटराई नेकपा जिल्ला सचिव मित्रशरण शर्मा लगायतले शुभकामना भनाई राखेको थिए । 

कायक्रमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष भिमलाल कंडेलले बार्षिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष रमिला भुजेलले गर्नुभएको थियो ।  

आज शिलान्यास भएको कावासोती ८ मा बन्ने ओभरहेड ट्याङ्क्रीबाट कावासोती ८ र ९का उपभोक्तालाई खानेपानी वितरणमा सहज हुने बताईएको छ । चार सय ५० घन मीटर अर्थात ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गर्न लागिएको संस्थाका अध्यक्ष भिमलाल कंडेलले जानकारी दिनुभयो । 
ओभरहेड ट्याङ्की निर्माणपश्चात कावासोती, ८ र ९का दुई हजार ग्राहकलाई सहज रुपमा खानेपानी वितरण गर्न सकिने अध्यक्ष कंडेलले जानकारी दिनुभयो । ओभरहेड ट्याङ्की निर्माणका लागि प्रदेश सरकारले रु. २० लाख उपलब्ध गरएको छ । 

ओभरहेड ट्याङ्की निर्माण सम्पन्न गर्नकालागि करिब दुई करोड ७० लाख लाग्ने जनाइएको छ । बाँकी स्रोतका लागि प्रदेश, संघ र अन्य दातृ निकाएसँग समन्वय भइरहेको वहाँले जनाएको छ ।

उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपकराज लम्सालले गर्नुभएको थियो । 

त्यस्तै आजै गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतद्धारा दिब्यपुरी खानेपानी संस्थाको ओभरहेड टयाङ्की शिलान्यास गरिएको छ । देवचुली ३ केउरेनीमा रहेको दिव्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय भवन अगाडि प्रदेश तथा संघिय सरकारको सहयोगमा निर्माण हुने ओभरहेड टयाङ्की शिलान्यास ४ लाख ५० हजार लिटर क्षमताको रिजर्भ होभरहेड टयाङ्की निर्माण गरिने भएको हो ।

त्यस्तै आजै देबचुली १६ वटटाँडीमा पनि मंत्री बस्नेत खानेपानी ट्यांकी शिलान्यास कार्यक्रममा सरिक हुनुभएको हो । मंत्री बस्नेतले प्रदेश सरकारको ९० लाख रुपैयामा  निर्माण हुने १ सय घन मिटर अर्थात् १ लाख लिटर क्षमताको ओभरहेड ट्यांकीको शिलान्यास गर्नुभएको हो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *