Friday, July 27, 2018

देवचुली, ११ साउन
नेपालको पहिलो बालमैत्री स्थानीय निकाय घोषणा भएको साविक प्रगतिनगरको विरासतलाई कायम गर्दै देवचुली नगरपालिकालाई समेत बालमैत्रीनगरको निर्माणको लागि जनप्रतिनिधीहरु लागेकाछन् । 

शुक्रवार देवचुली नगरपालिकाको नगर कार्यपालिकाका सदस्यहरुलाई सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अभिमुखीकरण कार्यक्रममा यही भदौ २९ गतेका दिन घोषणा गर्ने गरी अगाडी बढेको कुरा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताउनुभयो । 
कार्यक्रममा बालमैत्री गण्डकी प्रदेशका साँसद विष्णुप्रसाद लामिछानेले कुनै पनि ठाँउको विकास हुनको लागि त्यहाँका बालबालिकाहरुले सवै अधिकार पाएको हुनुपर्दछ अव त्यो  जनप्रतिनिधीहरुको जिम्मामा आएको बताउनुभयो । साँसद लामिछानेले आफ्नो बाल्यकाल सम्झदै बालअधिकार किन आवश्यक छ र बालबालिकाहरुमा किन लगानी गर्नुपर्दछ भन्ने बारेमा आफ्नो अनुभव सुनाउनुभयो । उहाँले प्रदेश सरकारले गर्ने क्रियाकलापको बारेमा समेत जानकारी दिनुभयो । 

कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, नगरपालिकाले हासिल गरेको सुचकहरुको वर्तमान अवस्था, लगानी योजना, र बालमैत्री घोषणा पश्चातको दिगोपना रणनैतिक योजनाहरुको बारेमा सामुहीक रुपमा छलफल हुने र सोही अनुसार नै कार्यहरु प्रारम्भ गरिने कुरा प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । कार्यक्रमको सहजिकरण बालमैत्री राष्ट्रिय सहजकर्ता शर्मिला पौडेल, बालमैत्री परामर्शदाताहरु खिमानन्द भुसाल, नारायण पौडेल रमान बहादुर खड्काले गर्नुहुनेछ । कार्यक्रममा नगरपालिकाका २८ जना नगर कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु सहीत ३५ जनाको  उपस्थिती रहेको थियो । 
सनिवारसम्म चल्ने अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा नगर प्रमुख पूर्णकुमार श्रेष्ठको सभाध्यक्षतामा र नगर उपप्रमुख पार्वता तिवारीको विशेष उपस्थितीमा सञ्चालन भएको थियो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *