Friday, June 19, 2020



खगेन्द्र पराजुली, 
५ असार, नवलपुर । 

नवलपुरमा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि हुनेको संख्या ९९ पुगेको छ । 

पोखरा प्रयोगशालामा परिक्षण भएकामध्ये यहाँका २ जना पुरुषमा आज संक्रमण पुष्टि भएको हो । 
आज बिनयी बिनयी त्रिबेणी गाउँपालिका वडा नम्वर ३ का २० बर्षका  १ जना किशोर  र २८ बर्षका १ जना युवामा संक्रमण देखिएको हो ।  

संक्रमण पुष्टि हुने २ जना नै भारतवाट आएर यहाँको सामुदायिक क्वारेन्टिनमा बसेकाहरु हुन् । उनीहरुलाई जिल्लाको अस्थायी कोभिड अस्पतालको आईशोलेसन रजहरस्थित प्राकृतिक चिकित्सालय लैजाने तयारी छ । 

बिनयी त्रिबेणीमा मात्रै संक्रमित हुनेको संख्या १२ पुगेको छ । यसमध्ये भरतपुरबाट डिस्चार्ज भएका एकजना आफ्नै घरको क्वारेन्टिनमा बसेका छन् । ती ब्यक्ति पुनः परिक्षण नगरी डिस्चार्ज भएका हुन् । 

गण्डकीमा पुग्यो संक्रमित हुनेको संख्या ३ सय ५३

गण्डकी प्रदेशमा कोभिड १९ संक्रमणबाट संक्रमित हुनेको संख्या  ३ सय ५३ पुगेको छ । आज शुक्रवार ५ जिल्लाका २९ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकीमा मात्रै  ३ सय ५३ संक्रमित पुगेको छ । 

जनस्वास्थ्य निर्देशनालय पोखराबाट ४ जिल्लाका २४ जना र राष्ट्रिय परीक्षण प्रयोगशाला काठमाण्डौ टेकुबाट परीक्षण भई आएका पर्बतका ५ जना मा संक्रमण पुष्टि भएको छ । 

पर्वतका ५ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि, अस्पतालको ईमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द

पछिल्लो प्राप्त जानकारी अनुसार पर्वत जिल्ला अस्पतालले जारी गरेको बिज्ञप्तिमा यहाँका ५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । 

ती संक्रमित स्वास्थ्यकर्मीहरुमा डाक्टर सहित नर्स समेत रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज पौडेलले बताउनुभयो । 
आजका संक्रमित स्वास्थ्यकर्मी पर्बतमा संक्रमण पुष्टि भई आईशोलेशनमा बसेकाहरु रहेको गुप्तेश्वर माबिको अस्थायी कोभिड १९ अस्पतालमा ड्युटीमा रहेकाहरु हुन् ।  
अहिले अन्य कन्ट्याक ट्रसिङको काम भैरहेको छ । पर्बत अस्पतालको ईमर्जेन्सी बाहेकका अन्य सेवाहरु अर्को सुचना जारी नगरुञ्जेलसम्मका लागी बन्द गरिएके छ । 

यस्तै, आज संक्रमण पुष्टि हुनेमा नवलपुरको बिनयी–त्रिबेणी गाउँपालिकाका २ जना सहित बाग्लुङ गल्कोट नगरपालिकाका ८ जना र काठेखोला गाउँपालिकाका ४ जना गरी १४ जना, कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका १ जना गरी ६ जना, स्याङजा जिल्लाका कालीगण्डकी गाउँपालिकाका १ जना र स्याङजाकै ठेगानामा पालिका स्पष्ट नखुलेका १ जना गरी २ जना छन् ।  यी आजका संक्रमितमध्ये गल्कोटका २ महिला र पोखराका २ महिला गरी ४ जना महिलामा संक्रमण पुष्टि भएको छ । 

यी सबै संक्रमित भारतवाट आई क्वारेन्टाईनमा बसेकाहरु रहेको निर्देशनालयले जनाएको छ । 

संक्रमितलाई सम्वन्धित जिल्लाका आईशोलेशनमा लैजाने तयारी भैरहेको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *