खगेन्द्र पराजुली,
५ असार, नवलपुर ।
गण्डकीका २ जिल्ला तनहुँ र बाग्लुङमा थप नयाँ संक्रमित २७ जना थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।
गण्डकीको पर्बतका ५ जना स्वास्थ्यकर्मीमा संक्रमण भएको पर्वत जिल्ला अस्पतालले गरेको पुष्टिलाई देबभूमी खवरले यसअघिकै समाचार शिर्षकका समेटेको थियो । गण्डकीले अहिले प्रकासित गरेको दोस्रो बिज्ञप्तिमा पर्वत समाबेश गरेको हो ।
पर्बतमा ३ जना महिला स्वास्थ्यकर्मी र २ जना पुरुष स्वास्थ्यकर्मीलाई संक्रमणले छोएको छ ।
पछिल्लो अद्यावधिक तथ्याङ्कमा गण्डकी जनस्वास्थ्य निर्देशनालयले बाग्लुङको बाग्लुङ नगरपालिकाका ५ जना पुरुष र ढोरपाटन नगरपालिकाका ४ जना पुरुष र १ महिलामा संक्रमण पुष्टि गरेको छ । यस्तै तनहुँको घिरिङ गाउँपालिकाका ३ जना महिलामा र १४ जना पुरुष संक्रमित भएको जनाएको भए पनि जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुखले २ महिला र १५ पुरुष भएको बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment