खगेन्द्र पराजुली,
५ असार, नवलपुर ।
आज शुक्रवारसम्म नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।
आजसम्म ७ हजार ५ सय ६७ जना पुरुष र ७ सय ७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ८८ जना महिला र ३ सय ३८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये २ सय १६ जनाले डिस्चार्ज पाएका छन् ।
आज डिस्चार्ज हुनेमा पुरुष २ सय ७ जना र महिला ९ जना रहेका छन् । अहिलेसम्म १ हजार ४ सय २ जना डिस्चार्ज भएका छन् ।
संक्रमितमध्ये हालसम्म २२ जनाको ज्यान गएको छ ।
आज कसैको पनि कोरोना संक्रमितको ज्यान गएको छैन ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment