Saturday, June 20, 2020


खगेन्द्र पराजुली, 
६ असार, नवलपुर । 

देबचुलीको क्वारेन्टाईनमा बसेका २ जनामा कोराना संक्रमण देखिएको छ ।

आज शनिवार प्राप्त नतिजामा देबचुली १ केउरेनीको नेपाल माबिको क्वारेन्टाईनमा बसेका १९ बर्षका किशोर र भीमसेन माबिको क्वारेन्टाईनमा बसेका देबचुली ७ मा ससुराली भएका स्याङजाका २९ बर्षका पुरुषमा संक्रमण देखिएको देबचुली नगर स्वास्थ्य शाखाले जनाएको छ । 

आजका संक्रमित दुबै जना भारतको दिल्लीबाट सुनौली नाका हुदै नेपाल भित्रिएका हुन् । 

वडा नं. १ का किशोर जेठ ३१ गते क्वारेन्टाईन बसेका हुन् । ३१ गते नै उनी सुनौलीबाट केही साथीहरु मिलेर ब्यवस्थापन गरेको सानो गाडीमा आएर केउरेनी क्वारेन्टाईन पुगेको स्वास्थ्य शाखाले जनाएको छ । 

यस्तै, ७ नं.मा ससुराली भएका ब्यक्ति जेठ २९ गते सुनौलीबाट काठमाण्डौ जाने बसमा दलदले झरेर भीमसेन माबिको क्वारेन्टाईनमा हिडेरै गएको बुझिएको छ । 

आज थपिएका २ जना समेत गरी देबचुलीमा संक्रमितको संख्या १० पुगेको छ । १० संक्रमितमध्ये १ जना महिला रुपन्देही घर भई देबचुली माईती भएकी हुन् भने १ पुरुष देबचुली ससुराली भएका हुन् । 

भारतमै बस्दै आएका ती संक्रमितका परिवार स्याङजा घर भए पनि दिल्लीमै बस्ने गरेको ७ नं. का वडाध्यक्षले बताउनुभयो । उनी लकडाउन अघि नै माईतीमा आएकी श्रीमती सहित छोरालाई लिन भनेर आएको बताउछन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *