खगेन्द्र पराजुली,
६ असार, नवलपुर ।
नवलपुर जिल्लामा मात्रै कोरोना भाईरस कोभिड १९ का कारण संक्रमित हुनेको संख्या १ सय १६ पुगेको छ ।
हिजो शुक्रवार भएका छुट्टा–छुट्टै ३ वटा परीक्षण प्रयोगशालाबाट जिल्ला स्वास्थ्य कार्यालय नवलपुरलाई प्राप्त भएको जानकारी अनुसार कार्यालय प्रमुख केशव प्रसाद चापागाईले नवलपुरका थप १७ जनामा संक्रमण देखिएको जानकारी गराउनुभयो ।
भरतपुर प्रयोगशालामा भएको परिक्षणमा ५ जना संक्रमित भेटिएका छन् । देबचुलीका २, मध्यबिन्दुका २ र बिनयी त्रिबेणीका १ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।
यहाँ देबचुलीका ३१ मध्यबिन्दुका ११ र बिनयी त्रिबेणीका १५ स्वाव गरी ५७ नमुना परीक्षण भएकोमा ५ जनामा पोजेटिभ आएको हो ।
पोखरामा भएको परीक्षणमा बुलिङटारका मात्रै ११ जना संक्रमित देखिएका छन् । बुलिङटारबाट परीक्षणका लागी पोखरा पठाईएका १०८ मध्ये यसअघि ४३ स्वाव नेगेटिभ आएका थिए । आज ११ पोजेटिभ र ५ नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।
यस्तै काठमाण्डौको प्रयोगशालामा भएको नमुना जाँचमा बौदीकालीका १ जनामा संक्रमण देखिएको छ । बौदीकालीका ३ स्वावको रिपोर्ट आएकोमा २ वटा नमूना नेगेटिभ छन् । काठमाण्डौ प्रयोगशालाबाट परीक्षण रिपोर्ट आएपनि यहाँबाट पोखरा पठाईएको स्वाव पोखराले काठमाण्डौ पठाएको हो ।
पोखरामा गैंडाकोटका १४ मध्ये ९ वटा नमूना र मध्यबिन्दुका ७४ मध्ये ५ वटा नमूना नेगेटिभ छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment